arrow

संविधान औचित्यका आधारमा संशोधन गर्न सकिन्छःओली

logo
प्रकाशित २०७४ असार ४ आइतबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताएका छन्। 

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन भने । 

उनले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै , “तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।” अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन भनेका छन् । 

पार्टी प्रवेश गरेकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै उनले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने जानकारी दिए । राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश गरेका हुन् । अनिता तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् । यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । एमाले प्रवेश गर्दै अनिता यादवले एमाले नेतृत्वको सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताएकी छन्। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ