arrow

पोर्चुगलको  जङ्गल आगलागी  २५ को मृत्य

logo
प्रकाशित २०७४ असार ४ आइतबार
fair.jpg

पोर्चुगल । मध्यपोर्चुगलको  एक जङ्गल आगलागीमा परी कम्तीमा २५ व्यक्तिको मृत्यु हुनुको सार्थै अन्य १६ जना घाइते भएका पोर्चुगलको समाचार समिति लुसाले आइतबार जानकारी दिएको छ । घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन् । 

सो आगलागीको सुरुवात लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रका शनिबार अबेरबाट भएको थियो । यस आगलागी नियन्त्रणको लागि करिब छ सय अग्नीनियन्त्रक र ४७० भन्दाबढी सवारी साधानको परिचालन गरिएको छ ।  घटानापछि पोर्चुगलका  प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्नेसमेत जानकारी दिएका छन् । 

आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलागीका माझमा फसेर रहेका १६ जनाको ज्यान गएको थियो । त्यसैगरी तीनजनाको भने धुवाँले निसास्सिर ज्यान गएको पनि जानकारी दिएका छन् । पेद्रोगाओ नगरमा मेयरका अनुसार आगलागी नियन्त्रण गर्नको लागि पर्याप्त अग्नीनियन्त्रक नभएको र आगलागाीको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको जानकारी दिएका छन् । घाइते मध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ