arrow

ओलीको भविष्यवाणी, दोस्रो चरण र प्रदेशको निर्वाचनमा एमाले नै पहिलो

एमाले अब पहिले जस्तो ४५ प्रतिशतमा बस्नेवाला छैन

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Oli_news.JPG

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एमाले दोस्रो चरणको निर्वाचन र प्रदेशको निर्वाचनमा पहिलो हुने बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले भनिरहनु पर्ला र ? दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन्छ ।’ ओलीले एमाले अब पहिले जस्तो ४५ प्रतिशतमा बस्नेवाला छैन, भने ।

ओलीले अगाडि थपे, ‘एमाले अब विगत जस्तो थोरैमा चित्त बुझाउने छैन । दोस्रो चरणमा पनि एमाले दोस्रो पार्टी बन्छ ।’ २ नम्बरका लागि असोज २ गते पर्खिनु पर्ने भो एमालेले ।

प्रदेश २ मा अहिले एमालेको मुभ भन्ने हल्ला छ, ओलीले भने, ‘असो २ गतेसम्म त्यो हल्लाले हल्ला गर्ने मैदान पाउँछ । असो २ गतेको चुनावी हुरीले त्यसलाई खान्छ, उडाएर लान्छ ।’

प्रदेशको चुनावी नतिजाबारे भविष्यवाणी गर्दै ओलीले भने, ‘प्रदेशको चुनाव भएपछि भनिरहनु पर्ला जस्तो लाग्दैन ।’ एकछिन् अडिएपछि ओलीले थपे, ‘सबै प्रदेश एमालेले जित्छ । म यहाँ २ नम्बर प्रदेशको कुरा गर्दै छु । २ मा पनि एमाले आउँछ ।’ २ मा के होला भन्ने कुरा असोज २ गतेले बताउने छ । एमाले जित्छ, ओलीले फेरि भने ।

यस्तै, सरकारको काम कारबाहीतर्फ लक्षित गर्दै ओलीले जुनसुकै सरकार बनेपनि तिनले गर्ने त्यही हो , त्यही गर्दै जानुपर्छ, भने ।

ओलीले यो बेला सम्वृद्धितर्फ ध्यान दिनुपर्ने  र संक्रमणकाल टुंग्याउने कुरामा ध्यान दिनु पर्नेमा त्यसो हुन नसकेको बताए । उनले भने, ‘यो संक्रमणकाल टुंग्याइसकेपछि हामी सम्पूर्ण रुपमा सम्वृृद्धितर्फ केन्द्रीत हुने छौँ । एकतावद्ध प्रयासबाट राष्ट्रिय समृद्धि हासिल गर्ने कुरामा केन्द्रीत हुने छौँ ।’ यस्तै, ओलीले एमाले सँधै सत्तासिन पार्टी भएको समेत ठोकुवा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ