arrow

अफगानिस्तानमा पाकिस्तानी कुटनितिज्ञ बेपत्ता

logo
प्रकाशित २०७४ असार ४ आइतबार
missig.jpg

इस्लामाबाद । अफगानिस्तानमा रहेको पाकिस्तानको वाणिज्य दूतावासका दुई कूटनीतिज्ञ गत शुक्रबारबाट बेपत्ता भएका पाकिस्तानले पुष्टि गरेको छ । 

पाकिस्तान विदेश मन्त्रालयका अधिकारीका अनुसार सडकमार्गबाट पाकिस्तान फर्किने क्रममा बीचै बाटोबाट उनीहरु वेपत्ता भएका हुन् । ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा पत्ता लगाई दिन पाकिस्तान विदेश मन्त्रालयले अफगान अधिकारीसँग अनुरोध गरेको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएको छ । अफगान अधिकारी ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा फेला पार्ने कोसिस जारी रहनुको साथै घटनाको अनुसन्धान सुरु भएको पाकिस्तान सरकारलाई जानकारी दिएका छन् । 

पाकिस्तानले अफगान सरकारलाई आफ्ना अधिकारीलाई फेला पार्न सक्दो प्रयास जारी राख्नसमेत अनुरोध गरेको छ । पाकिस्तानको लागि अफगानिस्तानी राजदूत ओमार जाखिलवालले आइतबार घटनाको पुष्टि गरेका हुन् ।जाखिलवालले भनेका छन् ‘म पक्का छु कि हाम्रा योग्य संस्थाले ती अधिकारी पत्ता लगाउने छ’ सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ