arrow

च्याम्पियन्स ट्रफी क्रिकेट फाईनलमा पाकिस्तान बिरुद्ध भारतको लज्जास्पद पराजय

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Cricket_Pakistan_CT_Champion.jpg

ओभल, ईङल्याण्ड। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाईनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको छ। 

समुह चरणमा भारतसँग पराजित पाकिस्तानले फाईनलमा भारतलाई क्रिकेटको सबै क्षेत्रमा पराजित गरेको छ। ब्याटिङ-बलिङ र फिल्डिङमा पाकिस्तानको अव्वल प्रदर्शनले भारतलाई एकपक्षिय खेलको फाईनलमा पराजित गरेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३३८ रन बाएको थियो। पाकिस्तानका फाखर जमानले सतकीय पारी खेल्दै १०६ बलमा ३ छक्का र १२ चौकाको मदतले ११४ रन बनाएका थिए। 

त्यसैगरि मोहम्मद हाफिजले ३७ बलमा ५७ रनको पारी खेलेका थिए भने अजहर अलीले ५९ रनको योगदान दिएका थिए। 

भारतकालागि भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या र केदार जाधवले १-१ विेकट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको भारतलाई पाकिस्तानी बलरले शुरु देखी बाँधेर राखेका थिए। तेज गतिका बलर मोहम्द आमिरले आफ्नो पहिलो २ ओभरमा भातका खतरनाक ब्याट्सम्यानरोहित शर्मा र विराट कोहलीलाई पेविलियन फर्काएका थिए। 

रोहित शर्माले खाता खोल्न सकेका थिएनन् भने कोहली ५ रनमा आउट भएका थिए। आमिरले अर्का फर्ममा रहेका ब्याट्सम्यान शिखर धवनको पनि विकेट लिएका थिए। शिखरले २१ रन बनाएका थिए।

भारतकालागि हार्दिक पाण्ड्याले सा्रवाधिक ७६ रन बनाएका थिए। उनले ६ छक्का र ४ चौका प्रहार गरेका थिए। त्यसैगरि युवराज सिंहले २२ रनको योगदान दिएका थिए। 

पाकिस्तानकालागि हसन अलीले ३ विकेट लिएका थिए भने शादाब खानले २ विकेट हात पारेका थिए। 

खेलका प्लेयर अफ म्याच फाखर जमान घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ