arrow

तरल राजनीतिको फाइदा उठाउन विखण्डनकारी सक्रियः प्रधानसेनापति

logo
प्रकाशित २०७४ असार ५ सोमबार
army-chief-rajendra-chhetri.jpeg

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताएका छन् ।

जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाशप्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न सेना तयारी अवस्थामा रहेको बताए ।

जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे खुलाइएको छैन । 

तर क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि, निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ