arrow

जुर्यो देउवाको साइत, सोमबार बालुवाटार सर्दै

logo
प्रकाशित २०७४ असार ५ सोमबार
sher-bahadur-deuba-pm.JPG

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । 

हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ ।

पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । 

प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन ।

पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । 

यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो । 

उनी जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ असार ५ गते जुराइदिएकाले सोही दिन बसाइ सर्ने मिति तय भएको पारिवारिक स्रोतले जनाएको छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ