arrow

पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते

logo
प्रकाशित २०७४ असार ५ सोमबार
china-eastern-airlines.jpg

बेइजिङ। ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन्।

सिन्ह्वा न्युज एजेन्सीका अनुसार चाल्र्स डे गौल विमानस्थलबाट चीनको युनान प्रान्तस्थित कुनमिङ चाङ सुई विमानस्थलका लागि छुटेको एमयू ७४४ नम्बरको उडान अवतरणका लागि आकाशबाट झर्ने क्रममा समस्या आएपछि विमानमा सवार २० जना घाइते भएका हुन्। घाइतेमध्ये चार जनालाई गम्भीर चोट लागेको बताइएको छ।

विमानमा यात्रारत यात्रुमध्ये कतिपयको हाड भाँचिएको, टाउकामा गहिरो चोट लागेको र केहीको नरम तन्तु च्यातिएको अस्पताल स्रोतले जनाएको छ। विमानको ‘ओभर हेड लकर’ मा राखिएका झोला वा ठक्करका कारण उनीहरु घाइते भएका बताइएको छ। घाइते यात्रुको परिचय कम्पनीले खुलाएको छैन।

स्थानीय समय अनुसार बिहान ९ बजेको समयमा करिब एक घण्टा ढिलो गरी अवतरण भएको विमान र दुर्घटनाबारे विमान कम्पनीले विस्तृत विवरण तत्काल दिन अस्वीकार गरेको छ। रासस÷एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ