arrow

इटहरीलाई प्रदेश नम्बर एकको राजधानी बनाउने छु : कांग्रेस मेयरका उम्मेद्धार रोहित प्रसाद प्रसाई

logo
प्रकाशित २०७४ असार ५ सोमबार
Hemkarna-rohit-itahari.jpg

इटहरी उपमहानगरपालीकामा देशकै ध्यान केन्द्रित छ। काठमाडौं पछि उपमहानगरपालीका भए पनि  इटहरीमा केन्द्रिय नेताहरुको आँखामा पर्ने गरेको छ। ब्यापारीक शहरको रुपमा स्थापीत  इटहरीमा दुई दुई कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अत्याधिक मत लिएर विजयी भएका नेपाली कांग्रेसका इटहरीका मेयरका उम्मेद्धार रोहित प्रसाद प्रसाई इटहरीको नौलो नाम हैन। इटहरीको विकासमा उल्लेखनिय भुमिका खेलेका रोहित अहिले अरु पार्टीका नेता भन्दा धेरै चर्चित छन। इटहरीमा प्लाष्टिक झोला मुक्त बनाउँन अहम भुमिका खेलेका रोहित अहिले चुनाव जित्ने दावी गदै इटहरीमा भोट माग्न ब्यास्त छन। इटहरीमा स्वच्छ छवि भएका प्रसाई सँग धनबहादुर पुरीले गरेको कुराकानीको संक्षित अंशः

तपाइ राजनितिमा कसरी लाग्नु भयो ?
म नेपाल बिद्यार्थी संघको राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा आएको हुँ। नेपाल बिद्यार्थी संघको सुनसरी सभापति भए । लामो समय बिद्यार्थी संघबाट राजनीति गरे । पछिल्लो समय भने उद्योग बाणिज्य संघको राजनीतिमा उदाए । उद्योग बाणिज्य संघ इटहरीको दुइ पटक अध्यक्ष समेत भए । पहिलो पटक ६७ सालमा उद्योग बाणिज्य संघ इटहरीको अध्यक्ष भएपछि अर्को कार्याकाल पनि मैले नै निर्वाचन जिते । त्यसपछि दुइ पटक उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य निर्वाचीत भए अहिले पनि केन्द्रिय सदस्यको रुपमा काम गरिरहेको छु। 

तपाइको इटहरीको बिकामा के के कुरालाइ प्राथमिकता दिनु भएको छ ?  
मैले विकास निर्माण र सामाजीक पूर्वधार विकासलाई प्रथमिकता दिएको छु। मैले प्राथमिकता दिएको कुराहरु घोषणा पत्रमा समावेश गरेको छु। यसमा पनि इटहरीलाई प्रदेश नम्बर एकको प्रमुख व्यापारीक केन्द्र बनाउने प्रतिबद्धता जनाउछु। यसैगरि इटहरीलाई प्रदेश नम्बर एकको राजधानी बनाउने छु। २ सय ५० सैयाका अस्पताल सहितको मेडिकल कलेज स्थापना इटहरीमा स्थापना गरिनेछ। यस्तै इटहरीको डुवानको दीर्घकालीन समाधानका लागि शेरा खोलामा बाँध निर्माण गर्ने समेत इटहरीवासीलाइ वचन दिन्छु। बृहतर इटहरी चक्रपथ निर्माण गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको छु। 

खेलकुदको बिकासका लागी के के योजना छन ?
हामीले समग्र इटहरीको खेलकुदको बिकासका लागी इटहरीमा प्रदेश स्तरीय अत्याधुनकि रंगशाला निर्माण र एक हजार जना क्षमताको सिटी हल निर्माण गर्नेछौ। इटहरीलाइ खेलकुद मैत्री नगरको रुपमा बिकास गर्ने छौ। इटहरी खेलकुदको शहर भनेर चिनाउन पनि हामी कम्मर कसेर लागेका छौ।

इटहरीको बिकासका लागी कांग्रेसका संकल्प के के छन ?
इटहरीलाई व्यपारीक केन्द्र बनाउनका लागि यहाँका सवै श्रोत साधानको अधिकतम उपयोग गर्ने कांग्रेसले निती लिएको छ। व्यपारिक शहर निर्माणका लागि व्यवसायिक क्षेत्रलाई शान्ती सुरक्षाको प्रत्याभूति गरि दोहोरो करबाट व्यपारीहरुलाई मुक्त गर्ने कांग्रेसले योजना बनाएको छ। इटहरी कहिलै नसुत्ने शहरको रुपमा विकास गरिन्छ। इटहरीलाई  व्यपारीक शहर बनाउन पहिलो प्राथमिकतामा राखेको कांग्रेसले व्यपारीक कम्पलेक्सको निर्माण र भित्री बाटोको स्तार उन्नतीका लागि काम गर्ने छ। व्यपारी र घर धनी बिचको असमझदारी न्यूनीकरण गरि इटहरीमा व्यपार व्यवसाय गर्न प्रोत्साहन गर्दै हरेक बर्ष इटहरीमा ट्रेड एक्सपो गर्ने योजना अघि सारेको छ। इटहरीलाई प्रदेश नम्वर एकको कृषी उत्पादन संकलन तथा बिक्री केन्द्रको रुपमा विकास गरि कृषी बजार र कोल्ड स्टोरेज निर्माण गर्ने कांग्रेसको योजना छ। 

सामाजिक प्रगतीको लागी के के योजना छ ?
सामुदायिक बिद्यालय र क्याम्पसहरुको पठन पाठनलाई स्तरयि बनाउन डिजिटल प्रवधीको प्रयोग गर्ने हामो्र योजना छ। यसैगरि इटहरी, तरहरा पकली र खनारमा इ पुस्तकालय निर्माण गर्ने योजना छ। यस्तै इटहरीमा रहेको प्राथमिक स्वास्थय उपचार केन्द्रलाई ५० शैयाको ट्रमा सेन्टरको रुपमा विकास गरि प्रत्येक वार्डमा प्राथमिक स्वास्थय उपचार केन्द्र स्थापना गर्ने छौं। इटहरीमा रहेका भाषभाषी र जात जातीको संरक्षण गर्ने प्रतिवद्धता जनाउछु। इटहरीका बिद्यालयहरुलाई शान्ती क्षेत्रको रुपमा विकास गरि स्वास्थय बिमालाई प्रभावकारी बनाउने मेरो योजना छ।

तपाइ भौतिक पूर्वाधार निर्माणमा के के गनुहुन्छ ?
इटहरीका सवै कच्ची सडकमा ५ बर्षमा ड्रेन निर्माण गरि ग्राभेल गरिसक्ने र बिजुली र टेलीफोनका तारहरुलाई भूमिगत गरिसक्ने छौं। इटहरीको बढ्दो ट्राफिक व्यबस्थापनको चुनौती समाधान गर्न आकासे पुलको निर्माण गर्ने योजना छ। यसैगरि इटहरीको अव्यवस्थित प्लटिङ्ग रोकी इटहरीलाई दुई बर्ष भित्रमा फ्रि वाई फाई जोनको रुपमा विकास गर्ने योजना समेत छ। इटहरीलाई हरित शहर बनाउन विपत व्यवस्थापनको लागि विपत व्यवस्थापन सेल निर्माण गर्ने छौं।

यदी तपाइले चुनाब जित्नु भयो भने सुशासनको प्रत्याभूति कसरी गराउनु हुन्छ ?
नगरिकलाई सरकारी सेवा प्रभावकारी रुपमा दिनका लागि हरेक वार्ड कार्यालयमा नागरिक सहायता कक्षको निर्माण गर्ने प्रतिवद्धता जनाउछु। हामी कागजी काम भन्दा डिजिटल प्रबिधीबाट काम गर्ने छौं। भ्रष्टचार न्यूनिकरणलाई प्राथमिकतामा राखेको छौ। इटहरीका सवै सेवा प्रदायक संस्थाहरुमा भ्रष्टचार शुन्य सहनशिलताको नीति अवलम्बन गर्ने योजना छ। सेवा ग्राहीको आत्मासम्मान रहने गरि कार्यालयबाट सेवा प्रदान गर्ने गरी काम गर्छौ।

इटहरीलाई एमालेको किल्ला भन्छन नी ?
कहाँ छ किल्ला ,कस्को किल्ला ? यो किल्ला भन्ने इटहरीमा केहि छैन। इटहरीको किल्ला कसैको हैन । हिजो एमालेले आफुलाई किल्ला भनिरहदा जनताले के पाए ? १९ वर्ष अघि एमालेले जितेको क्षेत्र भनेर लाल किल्ला भन्न सकिन्न। त्यो भन्दा पछाडी जन्मेका युवा पिडितले भोट हाल्दैमात्र छैनन् परिवर्तन पनि चाहेका छन त्यस कारण इटहरी कसैको किल्ला हैन हामी इटहरीमा बाँजी मार्ने तयारीमा लागेका छौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ