arrow

सुवास नेम्वाङको किल्लामा गगनको इन्ट्री, भित्र्याए एमालेका पाका नेता

नेम्वाङको क्षेत्र तोड्ने कांग्रेसको दावी

logo
प्रकाशित २०७४ असार ५ सोमबार
gagan_thapa_mangalbare_.jpg

इलाम । संबिधानसभामा सुवास नेम्वाङ निर्वाचित भएको इलाम क्षेत्र न २ अवस्थित हालको देउमाई नगरपालिकामा पुगेर कांग्रेस नेता गगन थापाले ठुलो संख्यामा नेपाली कांग्रेस प्रवेश गराएका छन् ।   काग्रेस प्रवेश गर्नेमा एमालेबाट निर्वाचित पूर्व वडा अध्यक्ष ८५ बर्षीय पदम लाल कटुवाल सहित ३० परिवारका सदस्यहरु रहेका छन् ।

हालको देउमाई वडा ३ मा घर भएका कटुवाल समाजसेवीको रुपमा चिनिन्छन् । उनी एमालेवाट ५४ सालमा निर्वाचित वडा अध्यक्ष हुन भने दुई पटक प्रधानपञ्च समेत भएका ब्यक्ति हुन् । उनी लगायतलाई सम्मानका साथ टिका लगाएर नेता थापाले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन । प्रवेश गर्नेहरुमा ७५ वर्षका माधव अधिकारी,  भिमा खनाल, गजेन्द्र लिम्बु, भिम पोर्तेल, मौसम ढुङना, सन्तोष लिम्बु लगायतका ३० परिवार रहेको बताइएको छ ।

देउमाई नगरपालिकाको मंगलबारे बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसले मात्र सबै पक्षलाई मिलाएर लैजान सक्ने क्षमता राख्नेका कारण लोकतान्त्रिक संबिधान बनेको स्मरण गर्दे भने । कम्युनिष्टहरुले जित्दा बन्न नसककेको संबिधान कांग्रेस ठुलो हुन साथ बन्न सकेको बताए ।  सबै जात, धर्म, हिमाल, पहाड र तराईलाई मिलाएर राख्ने क्षमता कांग्रेससग मात्र रहेको बताउदै नेता थापाले बिकासको ढोका खोल्न र सबैलाई मिलाएर समृद्ध नेपाल बनाउन नेपाली कांग्रेस मतदान गरी बिजय बनाउन आग्रह गरेका छन् । उनले कांग्रेसको प्रधान सत्रु गरिबी बताउदै अन्य पर्टिसँग सत्रु नरहेको जनाए  ।   उनले भने देउमाईको बिकासको लागि काग्रेसका जुजारु तथा बिकास बुझेका होम दुलालको नेतृत्वबाट बिकास ढोका खुल्नेमा निश्चित हुन सबैलाई आग्रह गरे ।

देउमाई नगरपालिकाको मेयरमा होम दुलाल र उपमेयरमा सूर्य माया राई उम्मेदवार रहेका छन् । मेयरका उम्मेदवार दुलाल पाटीमा पाटीमा लामो समय सकृय भएका ब्यक्ति हुन् । उनी २०४६ सालको आन्दोलनमा समेत जेल परेका ब्यक्ति हुन् । इलाम कांग्रेसका बिभिन्न पदहरुमा बसिसकेका उनी बौदिक तथा बिकास प्रेमी नेताको रुपमा चिनिएका ब्यक्ति हुन् ।

आमसभामा कांग्रेसका जिल्ला सचिव खग्रेन्द्र देवान, जिल्ला नेतृ बिष्णु दाहाल, कांग्रेस युवा नेता डिकेन्द्र इदिग्ङो लगायतले सम्बोधन गर्दै देउमाईमा कांग्रेसको जीतको लागि माहोल देखिएको जिकिर गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ