arrow

रोल्पाको थवाङमा माओवादीबाट दुई निर्विरोध

logo
प्रकाशित २०७४ असार ५ सोमबार
Election_logo_Maoist-750-1-750.jpg

रोल्पा । थवाङ गाउँपालिकामा दुईजना दलित महिला सदस्य निर्विरोध भएका छन् । थवाङ गाउँपालिका– ३ मा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा रामकुमारी कामी र वडा नं ४ मा सोही पार्टीबाट माया विकले मात्र मनोनयन दर्ता गराएकाले दुवै जना निर्विरोध भएका बताइएको छ ।

यसैबीच, कैलालीको भजनी नगरपालिका ६ नम्बर वडमा कमला ज्ञवाली श्रीपाइली दलित महिला सदस्यमा निर्विरोध भएकी छन् । नेकपा माओवादी केद्रका तर्फबाट उम्मेदार रहेकी ज्ञवालीको प्रतिस्पर्धी कोही नभएपछि उनी निर्विरोध भएकी हुन् ।

भजनी नगरपालिकाको निर्वाचका लागि खटिएका निर्वाचन अधिकृत पुरुषोत्तम शर्माले दिएको जानकारी अनुसार ज्ञवालीको पदमा अन्य कुनैपनि दलबाट उम्मेदारी परेन । यद्यपि, यसको औपचारिकता प्रदान गरी प्रमाणपत्र दिन केही दिन लाग्ने शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ