arrow

सन्थाल समुदायमा सोरेसोरहायन पर्वको रौनक

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Santhal-Fnl-1.jpg.jpeg
कुमोद अधिकारी, विराटनगर । सन्थाल जातीहरुले आफ्नो मुख्य चाड सोरेसोरहायन पर्व अन्र्तगत सोमबार चौथो दिन जालेपर्व मनाएका छन् । आफनो सस्कृति परम्परा भेषभुषा अनुसार सामुहिक रुपममा भेलाभई घर–घरमा गएर नाचगान गर्दै सन्थाल समुदायले जालेपर्व मनाउने गर्दछन् ।
 
जालेपर्वको अवसरमा सोमबार बिहानै देखि सन्थाल वस्तिमा नाचगान तथा नृत्यको रौनक रहयो । महिला पुरुष एकै ठाउँमा भेला भएर सडक–सडकमा नाचगान गर्ने गर्दछन् । मोेरङको भातिगक्ष, रंगेली, दर्वेशा, सिसवनि वडहरा लगायतका दर्जनौ स्थानमा यो पर्व उल्लासपूर्वक मनाइन्छ । सोरेसोरहायनपर्व शूरु भएको चौथो दिन जालेपर्व मनाइन्छ । सन्थाल समुदायले सोरेसोरहायन पर्व ६ दिनसम्म मनाउने गर्दछन् । सन्थाल समुदायले सोरेसोरहायनपर्वको पहिलो दिन देवी देवताको पुजागरेर उमपर्व मनाउछन् भने दोश्रो दिन दकायमा घरको कुल देवतालाइ पुजाआजा गरी आफन्तलाइ घरमा बोलाएर मिठो खानेकुरा खाने गर्दछन् ।
 
यस्तै, तेश्रो दिन खुन्टोकपर्व अन्तर्गत गाइवस्तुको पुजा आजा गर्ने गर्दछन् । चौथो दिन जालेपर्व मनाउदै दिनभरी नाचगान गर्ने साथै पाँचौ दिन हाकुकाट पर्व अन्तर्गत माछा र गंगटा खाने प्रचलन छ । अन्तिम तथा छैठो दिन संक्रान्तपर्व मनाइन्छ । सो दिन सिकार खेल्न जाने र सिकार गरेका जनावरको मासु सामुहिक रुपमा पकाएर खाने गर्दछन । 
 
सन्थाल समुदायले गोसाई एरा, ताला कुलहि मझि हाडम, मराङवुरु जाहेरादेवी, आदरा, हरिहरवली लगायतका पर्वहरु मनाउछन् । सन्थाल समुदायले मनाउने सोरेसोरहायन नेपालीहरुको महानपर्व दशै जस्तै महत्वको चाड हो । पुर्खौ देखि मनाउदै आएको यो पर्वको रौनकमा केही कमि आउन थालेको भातिगछका भगवानलाल वेसराले बताए । यो पर्वले सामाजिक सद्धभाव कायम राख्न सहयोग पुग्ने वेसराको भनाई छ । यस्तै, स्थानिय वावुलाल मरन्डीले सन्थाल समुदायको मुख्य पर्वको सोरेहायनमा सरकारले एक दिन भए पनि विदा दिनुपर्नेै बताए । मोरंङ, सुनसरी तथा झापा जिल्लामा ६० हजार वढी सन्थाल समुदाय रहेका सरकारी तथ्याङ्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ