arrow

शैक्षिक संस्था ४ दिन विदा दिन निर्वाचन आयोगको माग

logo
प्रकाशित २०७४ असार ५ सोमबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं ।  यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि शैक्षिक संस्थाहरुलाई ४ दिन विदा दिन निर्वाचन आयोगले सरकार समक्ष माग गरेको छ । सोमबार बसेको आयोगको बैठकले यस्तो माग गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 

यही असार १४ गते  दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनमा मतदान कार्य सञ्चालन गर्ने सन्दर्भमा  अधिकाश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने जिल्लाका सार्वजनिक एवम संस्थागत विद्यालय र  क्याम्पसमा २०७४ असार ११ देखि २०७४ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगको आजको वैठकबाट नेपाल सरकार शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको हो ।

त्यस्तै कुनै सार्वजनिक वा संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा मतगणना कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइ दिने व्यवस्था मिलाउन पनि आयोगबाट शिक्षा मन्त्रालयलाई लेखि पठाउने निर्णय भएको छ । यही असार १४ गते  बुधवार हुने निर्वाचन सञ्चालनका लागि कतिपय मतदान केन्द्र गाउँपालिका  तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसरमा  तोकिएको हुदाँ स्थानीय तह निर्वाचनको मतदान प्रयोजनका लागि त्यस्ता भवन र परिसर उपलब्ध गराई दिने व्यवस्था मिलाउन सम्वन्धित निकायलाई पत्राचार गर्ने पनि आयोगबाट निर्णय भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ