arrow

सप्तरीको मलेठ घटनाको प्रतिवेदन मानव अधिकार आयोगमा

logo
प्रकाशित २०७४ असार ५ सोमबार
National-Human-Rights-Commission.jpeg

काठमाडौँ । सप्तरीको राजविराजमा गत फागुन २३ गते भएको घटनाको उच्चस्तरीय टोलीले अनुसन्धान पूरा गरी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा सप्तरीको राजविराजमा एमालेद्वारा आयोजित कार्यक्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर पाँचजनाको ज्यान गएको घटनाको अनुसन्धान प्रतिवेदन आयोगमा बुझाएको उल्लेख छ ।

आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो । आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ