arrow

‘संविधान संशोधनमाथि विचार गरियोस्’

नाराबाजी नगर्नुस्, संशोधन अवसरको सदुपयोग गर्नुस् : कानुनमन्त्री

logo
प्रकाशित २०७२ पुष २० सोमबार
sansad-.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतबाट स्वीकृत गरेको छ । मधेसवादी सांसदको नाराबाजीबीच सभामुख ओनसरी घर्ती मगरले बैठकमा राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
 
यसअघि, बैठकमा सांसदहरुबाट उठाइएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले कसैको दबाबमा नभै आवश्यकताका आधारमा संशोधन प्रस्ताव ल्याइएको जानकारी दिए । अन्य देशमा सविधानसभाबाट बनेका संविधान समेत आवश्यकताअनुसार संशोधन भइआएका दृष्टान्त रहेका मन्त्री खरेलले बताए ।  
 
संसद्मै नाराबाजी गरिरहेका सांसदलाई विरोध फिर्ता लिन आग्रह गर्दै मन्त्री खरेलले संशोधन प्रस्तावमाथि समेत संशोधन गर्न सकिने हुँदा यो अवसरको उपयोग गर्न सुझाव दिए । मन्त्री खरेलका अनुसार संविधानलाई परिष्कृत बनाउन सांसदले दिएका सुझावहरु उपयोगी हुने छन् । चार दिनसम्म चलेको बैठकमा ५८ जना सांसदले संविधान संशोधनका विविध विषयमा आ–आफ्ना धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ