arrow

कन्फेडेरशेन कप फुटबलः अष्ट्रेलियामाथि जर्मनीको संघर्षपूर्ण जित

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
football-all-time-use.jpg

रुस । रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबलमा विश्वकप विजेता जर्मनीले विजयी सुरुआत गरेको छ ।

सोचीमा सोमबार राति भएको खेलमा जर्मनीले एसियन च्याम्पियन अष्ट्रेलियालाई ३–२ ले हरायो ।

खेलको ५ मिनेटमै १२ यार्डबाट प्रहार गरेको बललाई गोलमा परिणत गर्दै मार्स स्टिन्डलले युवा खेलाडीहरुले भरिएको जर्मनीलाई अग्रता दिलाए । 

४१ औं मिनेटमा टम रोगिचले गोल गर्दै अष्ट्रेलियालाई बराबरीमा ल्याए । 

४५ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै जुलियन ड्राक्सलरले जर्मनीलाई अर्को अग्रता दिलाए । 

त्यसको ३ मिनेटमै लियो गोरेत्जकाले गोल गरेर ३–१ ले अग्रता दिलाए । 

तर त्यसपछि गोल भएन र जर्मनीले संघर्षपूर्ण जित हासिल गरेको हो । 

Germany players shake hands with their Australian counterparts after their 3-2 win Sochi

बुधबारदेखि दोस्रो चरणका खेलहरु हुनेछन् । बुधबार समूह ए का खेलमा राति ८ः४५ बजे रुस र पोर्चुगल खेल्नेछन् । त्यस्तै राति ११ः४५ बजे मेक्सिको र न्युजिल्याण्ड खेल्नेछन् । 

पहिलो चरणमा रुसले न्युजिल्याण्डलाई हराएको थियो भने मेक्सिको र पोर्चुगलले बराबरी खेलेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ