arrow

प्रचण्डले बोले भित्रि कुरा– यस्तो रहेछ दिल्ली गएर १२ बुँदे समझ्दारी गर्नुको कारण

जनयुद्ध प्रचण्ड–बाबुरामको मनोगत चाहनाले १० वर्ष टिकेको होइन

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
Pm-dahal-nude-bhinttuna.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताएका छन् ।

पत्रकार महासंघका महासचिव उजिर मगरले लेखेको पुस्तक ‘अंश’को बिमोचन गर्दै दाहालले १० वर्षे जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताएका हुन् ।


पुस्तक बिमोचन गर्दै प्रचण्डले भने,  ‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन । हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो । पञ्चायतविरुद्ध सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनविरुद्ध पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो । त्यसैले हामी संयुक्त जनआन्दोलन समिति बनाएर २०४६ सालको जनआन्दोलनमा भाग लियौं र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो ।’ हामीले मात्रै चाहेर गरेकाे भए कहिल्यै निमाेठिने थियाे । १० वर्ष टिक्ने थिएन ।

आफूहरुले १२ बुंदे समझदारी नेपालमै होस् भन्ने चाहे पनि प्रतिकूल परिस्थितिका कारण सम्भव नभएको दाहालले बताए । उनले भने, ‘हामीले बार्ताका लागि कोशिस गरिरहेका थियौं । वीरेन्द्रका भाइ धिरेन्द्रसँग त साथीहरुले प्रत्यक्ष कुराकानी गर्नुभएको थियो । वीरेन्द्रसँग वार्ताको प्राविधिक विषयमा कुराकानी चलिरहेको थियो, त्यही बेला दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो । यसले फेरि देशभित्रका गणतन्त्रवादी र लोकतान्त्रिक शक्तिहरुबीच समझदारी गरेर जानुपर्ने ऐतिहासिक आवश्यकता जन्मायो । यही प्रतिकूल परिस्थितिका कारण हामीले देशभित्रै चाहे पनि दिल्ली गएर १२ बुँदे समझदारी गरियो ।’

नेपालको गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको ठूलो भूमिका रहेको चर्चा गर्दै दाहालले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । सञ्चार जगतले सकारात्मक भूमिका नखेलेको भए लोकतन्त्र र गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुन्थ्यो ।’ उजिर मगरद्धारा लिखित पुस्तक अंश नेपाली राजनीति र पत्रकारिताको विवरणात्मक दस्तावेज भएको दाहालको भनाई छ ।

विमोचन कार्यक्रममा नारायण वाग्ले, गुणराज लुईटेल, युवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, एमाले केन्द्रीय सदस्य सूर्य थापा, पत्रकार गोविन्द आचार्य लगायतले कृतिको समीक्षा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ