arrow

मुख्य प्रशासन केन्द्र सिंहदरबारकै यो दुर्दशा, लाज ढाक्न प्लाष्टिकको सहारा

logo
प्रकाशित २०७४ असार ७ बुधबार
singhdurbar.jpg

काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।

भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको हो ।

एक सय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रिट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रिट्रोफिटिङ गर्ने निर्णय गरेको थियो । 

भूकम्पअघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयहरु रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको थियो । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ