arrow

प्रधानमन्त्री देउवा भन्छन् – विद्यालयस्तरदेखि नै योगाभ्यास जरुरी 

logo
प्रकाशित २०७४ असार ७ बुधबार
yog-deuba.JPG

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिएका छन् ।

विश्व योग दिवसका अवसरमा बुधबार आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताए। 

उनले भने, “योग यस्तो प्राचीन विधि हो, जसले मानिसलाई कुलतबाट मुक्ति दिन्छ, आनन्द दिन्छ । बालबालिकाले सुरु गरे भने उनीहरुको शिक्षालाई पनि सहयोग पुग्छ ।” 

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेखेको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गरे ।

कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा पतञ्जलि योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराए ।

छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ