arrow

अवरुद्ध भएको छ घण्टापछि बागझोरामा सडक संचालन

logo
प्रकाशित २०७४ असार ७ बुधबार
pahiro.jpeg

हेटौँडा । त्रिभुवन राजपथको बागझोरामा बुधबार बिहान परेको वर्षाले बाढीपहिरो आउँदा अवरुद्ध रहेको राजमार्गलाई पहिरो हटाई बिहान ८ः३० बजे हेटौँडा–काठमाडौँ दुवै तर्फको यातायात सेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बिहान २ः३० बजे बाढीपहिरो आई उक्त राजपथको बागझोरामा हेटौँडा–काठमाडौँ दुवैतर्फको यातायात सेवा अवरुद्ध हुन पुगेको थियो । 

उक्त राजपथमा लामबद्ध रहेका सवारी साधनहरु दामन, पालुङ र कुलेखानी हुँदै काठमाडौँतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ