arrow

भीम रावलको गृह जिल्लामा काँग्रेसले उम्मेदवारी फिर्ता लिएपछि एमालेका ५ जना निर्विरोध

logo
विष्णुप्रसाद भण्डारी,
प्रकाशित २०७४ असार ७ बुधबार
achham_new.png

अछाम । एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा पाँच जना निर्विरोध भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मैदानमा रहेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि पाँच वडा सदस्य निर्विरोध भएका हुन् । मंगलसेन नगरपालिकाका विभिन्न वडामा एमालेका तर्फबाट ५ जना वडा सदस्य निर्विरोध भए ।

वडा नम्बर २ मा खुल्ला सदस्यका उम्मेदवार पुरन वोगटी, बमबहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी र दलित महिला सदस्यमा भुन्टी ढोली निर्विरोध भए भने, वडा नम्बर ७ मा महिला वडा सदस्य जमुना जैशी निर्विरोध रहिन् ।

यी पदमा उम्मेदवारी दिएका केहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको र कतिपय पदमा एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नम्बर २ का काँग्रेस उम्मेदवारले फिर्ता लिएपछि चार जना निर्विरोध भएका हुन् । यस्तै, मंगलसेन नगरपालिका वडा नम्बर ७ मा भने काँग्रेस महिला सदस्यका उम्मेदवारको उम्मेदवारी  भएपछि एमाले वडा सदस्यकी उम्मेदवार जमुना जैशी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  

आफ्ना ५ जना सदस्य निर्विरोध भएपछि एमालेले मंगलसेनमा विजय जुलुस निकालेको छ । विजय जुलुसलाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी अछामका सचिव यज्ञ बोगटीले अछाम अब एमालेमय बन्ने जिकिर गर्दै यो त्यसको सुरुवात भएको बताए । बोगटीले आफुहरुका पाँच सदस्य निर्विरोध हुनुले असार १४ गते हुने निर्वाचनमा एमाले सबै स्थानीय तहमा जित्ने सुनिश्चित भएको संकेत आएको तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ