arrow

इटहरीमा काँग्रेस नै किन ?

logo
याम प्रधान ,
प्रकाशित २०७४ असार ७ बुधबार
yam_pradhan.jpg

–अहिले देशैभर राज्य पुनःसंरचनापछि पहिलो चोटी स्थानीय तहको निर्वाचनको महोल चलिरहेको छ । यही सन्दर्भमा आदरणीय समाजका अगुवा सञ्चारकर्मी मित्रहरुमार्फत इटहरीका विषयमा मेरो अध्ययन, विश्लेषण र मेरो आत्माले अनुभूत गरेका दृष्टान्तसहित इटहरीमा नेपाली काँग्रेसले किन नेतृत्व लिन जरुरी छ, भन्ने विषयमा आम नगरवासीमा यहाँको यथार्थ विषय वस्तु सहितको विकास अवधारणालाई सार्वजनिक गर्ने प्रयास एवं जमर्को गर्न चाहान्छ ।  

सायद इटहरी भूमिले आफुलाई अहिलेको अवस्थामा उभ्याउन आई पुग्नुको पछाडी धेरै आरोह अवरोध एवं उकाली र ओराली पार गरेको विगत इतिहाँसलाई हामी कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । इटहरी विक्रम सम्बत २०४५ सालअघिसम्ममा सानो गाउँहरुमा विभाजित थियो । यसको नाम खासै चलेको थिएन । यसको ठीक पश्चिमपट्टिको पकली यस क्षेत्रकै पुरानो बजार हो इटहरीवासीले पनि पकली बजारबाट धेरै आवश्यकताहरु पुरा गर्न त्यहीको हटिया धाउनु पथ्र्यो । इटहरीमा धेरै मानिसको बसोवास भएको ठाउँका रुपमा गैसार, डाँडीगैसार हाटखोला धाँतीटोल यस्तै–यस्तै गाउँ र ठाउँमा बस्ती थियो । हालको घना शहर रहेको चोक आसपासमा खासै मानव वस्ती थिएन भन्दा फरक पर्दैन । जब विक्रम संवत २०४५ साल भदौ ५ गते विहान ५ बजे उदयपुरको मुकुचीमा केन्द्रविन्दु बनाएर विनासकारी भूकम्प आयो त्यसले सबैभन्दा बढी सुनसरीको धरानलाई हल्लायो र धेरै जनधनको नोक्सानी गर्‍यो ।

यो विनासकारी भूकम्पले धरान भूकम्पीय जोनका हिसावले जोखिमपूर्ण भूगोल प्रमाणित भएको हल्ला र चर्चा चल्यो । हो त्यही घट्नापछि धरान अनि पूर्वी पहाडी जिल्लाबाट तराई बसोवासका लागि बसाई सर्नेहरुको मन पर्दो रोजाईको स्थान बन्न पुग्यो इटहरी । अर्थात इटहरीलाई त्यो भूकम्पले खासै नोक्सानी गरेको थिएन । मावन बसोवासको दृष्टिकोणले इटहरी उपयुक्त रोजाईको भूमि बन्न पुग्यो । यो क्रम नेपाली जनताले पञ्चायती शासन परिवर्तन गरेर प्रजातान्त्रिक शासन व्यवस्था ल्याएर नयाँ शासन चलाउँदै अघि बढ्दा विक्रम संवत २०५२ तथा २०५३ सालसम्म निरन्तर रुपमा शान्तिपूर्ण र मावन वस्न योग्य भूमिको परिचय बनाई सकेको थियो इटहरीले । त्यही क्रममा यहाँ सञ्चारकर्मीहरुको पनि विस्तारै बसोवास र विकासको गतिविधि बढेर देशभर इटहरीले आफ्नो पहिचान बनाउने अवसर प्राप्त गरेको यथार्थ सत्य तथ्य यहाँ म प्रष्ट्याउन चाहान्छु ।

राजनीतिक घट्नाक्रमसँगै इटहरीले पनि पहिलो निर्वाचित पदाधिकारीहरु पाउने क्रममा नेकपा एमालेले इटहरी गाउँ विकास समितिमा जित निकाल्यो र स्थानीय शासन हाँक्ने मौका पायो । त्यही बेला इटहरी भएर पूर्व पश्चिम राजमार्गको स्तरीकरण गर्ने जिम्मा पाएको इरकोन भन्ने संस्थाले इटहरीको भूर्वपश्चिम सडक स्तरोन्नती गर्दै गर्दा इटहरीको म’ख्य चोकदेखि पश्चिम खेतीखोलासम्म चोक पश्चिमको पक्की ढल अनि चोकदखि पूर्व टेङ्ग्रा खोला र त्यहाँभन्दा पनि पूर्व हालको बुढीगङ्गामा पक्की ढल बनाउने प्रस्तावित नक्शा देखाएर तत्कालिन गाविस प्रमुख दिवंगत प्रमोदकुमार श्रेष्ठ लगायतसँगै कामको परामर्श र छलफल भएको थियो ।


तर, विकासप्रतिको खासै चासो नराख्ने कम्युनिजमको अवधारणामात्र भएकाले त्यो अवधारणा कार्यान्वयनमा आउन सकेन । अनि त्यतिखेरैदेखि सघन शहरीकरण बन्ने ठूलो सम्भावना बोकेको देखेर तत्कालिन जिल्ला विकास समितिका सभापति रामबहादुर बस्नेतले दिवंगत प्रमोदकुमार श्रेष्ठलाई सदरमुकाम इनरुवा बोलाएर बन नापी भूमिसुधार र मालपोत कार्यालयका प्रतिनिधि एवम प्रमुखसहितको अधिकार सम्पन्न समिति बनाएर इटहरीका कुनै पनि भित्री सडकहरु जग्गा प्लटिङ्ग गर्दा २० फुट चौडाभन्दा कम गर्न नदिनु भन्ने म्याण्डेड दिएको थियो ।

तर, त्यो जिल्ला विकास समितिले अधिकार सम्मन्न समिति बनाएर दिएको अधिकारलाई पनि गाविसले कार्यान्वयनमा ल्याउन सकेन यो आदरणीय सञ्चारकर्मी मित्रहरुमार्फत अहिलेका इटहरी उपमहानगरवासीमा यथार्थ चित्रण सहित इटहरीको इतिहाँस प्रष्ट्याउने मेरो दायित्व ठानेको छु । अर्को कुरा इटहरीको कृषिभूमि सिँचित गर्ने टेङ्ग्रा खोलको शीरका रुपमा रहेको सेहेरा खोलाले विक्रम सम्बत २०४३ सालदेखि इटहरीलाई डुवानमा पार्ने र हरेक वर्ष ठूलो नोक्सानी गर्न थालेपछि त्यहाँ तटबन्दका लागि हालसम्म करोडौ खर्च भई गरिसकिएको छ । 

कहिलेसम्म सेहेरा खोलाको बाढी नियन्त्रणको पीडा सुनाउँदै खोला नियन्त्रणमा करोडै खर्च गरिरहने हो ? बरु त्यसको स्थायी निकासका लागि एउटा प्राविधिकहरु र प्रशासन सहितको अधिकार सम्पन्न समिति बनाएर वैज्ञानिक विश्लेषणसहित सेहेरा खोलाले बगाएर ल्याउने ढुङ्गा थिटी र बालुवाको वैज्ञानिक उत्खननसँगै इटहरी र यस आसपासका सडकहरु ग्राभेलमा त्यहाँको प्राकृति सम्पदा प्रयोग गरी हरेक वर्ष खोला वयवस्थापन गर्नु पर्ने विषयमा मेरो यो छुट्टै धारणा सहितको खोला व्यवस्थापनको वैज्ञानिक अवधारणा कार्यान्वयनमा ल्याई इटहरीले हरेक वर्ष भोग्नु परेको समस्याको दीर्घकालिन निकास निकाल्न पर्ने विषयलाई काँग्रेसले पहिलो प्राथमिकता दिने कुरा पनि म यहाँ तपाईहरु मार्फत सार्वजनिक गर्दछु । सञ्चारकर्मी मित्रहरुमार्फत अब म के अवगत गराउन चाहान्छु भने इटहरीवासी समक्ष भने यो शहर कसैले योजनाबद्ध गुरुयोजना बनाएर बसाएको व्यवस्थित र वैज्ञानिक मानिस बसोवास रहेको शहर होईन ।


त्यसो हो भने के हो त सत्य कुरा भन्दा इटहरी परिस्थितिले सिर्जना गरेको शहर हो । केही कुरा त मैले माथि नै भने त्यो पहिलो कारण बन्यो विक्रम संवत २०४५ सालको भूकम्प । अनि विस्तारै माओवादी जनयुद्धले गर्दा भूर्वका धेरै गाउँ शहर र सदरमुकाम समेत नराम्ररी प्रभावित र प्रताडित बने । त्यो जनयुद्धको पीडाको राँको हरेक घरदैलोमा पनि सल्कियो । माओवादी जनयुद्धको राप र ताप आदिले मानिसले आफ्नो थात थलो छाडेर सुरक्षित स्थानको खोजी गर्दै तराईतिर झर्ने क्रममा सुरक्षित स्थानको परिचय बनाई सकेको इटहरीमा आएर धमाधम बसोवास थपिदै गयो । त्यही क्रममा नेपाली काँग्रेसको सरकारले अर्थात नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोईरालाले नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा बसाउने निर्णय गरिदिनुभयो ।

त्यो सँगै गिरिजाप्रसाद कोईरालाले नै पहिलो पटक नेपालमा गठन गर्नुभएको सशस्त्र प्रहरी अर्थात तत्कालिन ढङ्गा नियन्त्रण प्रहरी गणको नामले स्थापना भएको प्रहरी पनि पकलीमा स्थापना भयो । यसले इटहरीको शान्ति सुरक्षाका हिसाबले विश्वसनीय ठाउँको परिचय बनाउन झन महत्वपूर्ण योगदान थपियो । अर्थात यी दुई कुरा नेपाली काँग्रेसले इटहरीका लागि गरेको प्रमुख न्यायपूर्ण योगदानका विषय बन्न पुग्यो । यही कारणले इटहरी मानिस बसोवासका लागि ज्यादै सुरक्षित ठाउँ बन्न गयो र विस्तारै इटहरीले शहरीकरण थपिने क्रमले उत्तरको धरान र दक्षिणको विराटनगर शहरलाई उछिन्दै काँधमा काँध मिलाएर उपमहानगर बन्यो ।


अनि अर्कोतिर पूर्वी नेपालमा हुने गरेको लिम्बुवान खम्बुवान लगायतको आन्दोलन धरान दमक लगायतका स्थानमा चर्किदा इटहरी शान्त बन्नुले पनि त्यस बेला पनि इटहरी मावन बसोवासका दृष्टिले शान्तिपूर्ण स्थल बन्न कुरालाई पनि भुल्न हुन्न भन्ने धारणा रहेको छ । अर्थात यी विषयसँगै मैले भन्नै पर्ने विषय के छ भने नेपाली काङ्ग्रेसले शुरुवातकै समयमा खानेपानी नेपाल टेलिकम विद्युत प्राधिकरण यातायात व्यवस्था कार्यालय राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाई कार्यालय लगायतका महत्वपूर्ण सरकारी जिम्मेवार निकायको स्थापना गर्ने काम पनि त्यही अवधिमा थपियो । तर स्थानीय निकायको जिम्मेवारी सम्हाल्ने नेकपा एमालेले कहिल्यै पनि इटहरीलाई व्यवस्थित र सुविधा सम्पन्न शहर बनाउनका लागि दिएको अधिकारको समेत उपयोग गरेन जसका कारण अहिले उपमहानगर बनिसकेपछि पनि इटहरीले सडक विस्तारका काम गर्दा सर्वसाधारणले दुःख पाउनुपर्ने वाध्यात्मक अवस्था सिर्जना भई रहेका घट्नाले इटहरीवासीलाई पिरोलिरहेको छ ।

इटहरीलाई सून्दर सफा हरियाली र मावन वसोवासयोग्य व्यापारिक एवं औद्योगिक शहर बनाउने अभियानलाई नेपाली काँग्रेसको नेतृत्वमा स्थापना भएको इटहरी उद्योग वाणिज्य संघले पनि भरमग्दुर प्रयास गरेको इटहरीवसीबाट छुपेको छैन भनेर मैले इमान्दारिता पूर्वक भन्नैपर्छ । नेकपा एमालेले आईतबारेमा रहेको बजार लाग्ने सार्वजनिक जमिन अपचलन गर्ने र हाँटखोलामा किनेको भनिए पनि त्यो यहाँको अहिलेको आवश्यकता अनुरुप उपयोगी बन्न सकिरहेको छैन ।

आदरणीय सञ्चारकर्मी मित्रहरु र इटहरीवासी आमाबुबा दाजुभाई दिदी वहिनी एवं इटहरीका तमाम व्यापारी बुद्धिजीवि यातायात व्यवसायी मजदुर सुरक्षाकर्मी शिक्षक कर्मचारी सवैले इटहरीलाई राम्ररी चिन्ने अभ्यास गर्नका लागि विगततिर फर्कनुभयो भने इटहरी र यस आसपासमा वसोवास गर्दै आउनु भएका काँग्रेस समर्थकहरुले इटहरीलाई सभ्य मावन बसोवास योग्य शहर बनाउनका लागि अरु धेरै गतिला र स्मरणीय कार्यहरु पनि गर्दै आएको दृष्टान्तहरु बग्रेल्ति नै रहेको कुरालाई पनि मैले सँधै स्मरण गरिरहनु पर्छ भन्ने लागेर नै इटहरीलाई अझ समृद्ध शहरमा रुपान्तरण गर्न काँग्रेसले जिम्मेवारी बहन गर्ने भएकाले अब चुनावमा काँग्रेसले नै इटहरीको नेतृत्व गर्न उपमहानगरवासीको साथ र सहयोग प्राप्त हुनेछ भन्ने सञ्चारकर्मी मार्फत यो सार्वजनिक अपील गरेको हुँ ।

साथै यी तलका आधारभूत आवश्यकताका विषयमा नेपाली काँग्रेसले पहिलो प्राथमिता दिएर इटहरीलाई पूर्वी नेपालकै साधन स्रोत सहितको समृद्ध शहर बनाउने अभिभारा पनि काँग्रेसले बहन गर्ने प्रतिवद्धता राख्दछ भन्दै निम्न काममा काँग्रेसले विशेष ध्यान दिने कुरामा जोड दिन चाहान्छु । र, यी हाम्रो प्राथकिताका विषय हुन भन्न चाहान्छु ।
इटहरीलाई शान्तिपूर्ण र बन्द रहित मावन बासोवास शहर ।
हरेक वडामा आयमूलक उद्देश्य सहित यहाँको आवश्यकता र चाहाना अनुसारका कृषि उत्पादनको व्यवस्थापनमा जोड दिने ।
आगलागीको जोखिमबाट स’रक्षित शहरका लागि फराकिलो सडक सहितको हरेक वडामा अनिवार्य एक पोखरी निर्माण ।
डिईजी कार्यालय सहितको इटहरी इलाका प्रहरी कार्यालय निर्माणमा जग्गाको व्यवस्थापनमा जोड ।
व्यवस्थित सञ्चारग्राम सहितको सञ्चारकर्मी सम्मानका लागि सेवा स’विधाको व्यवस्थापन ।
उद्योग कल कारखाना स्थापना र सञ्चालनसँगै श्रमिकहरुको सम्मानजनक व्यवहारसँगै श्रमको उचित ज्याला व्यवस्थापनमा जोड ।
बालिका किशोरी र महिलाप्रति हुने विभेद विरुद्धको सभ्य उपमहानगरको नमुना इटहरी बनाउँने ।
इटहरीलाई हरियाली बातावरणीय समृद्धि सहितको स्वच्छ एवम ध्वनी, वायु, धुँवा धूलो रहितको स्वस्थ शहर बनाउने ।
पर्यटन प्रवर्धनसँगै इटहरी र यससँग जोडिएका पर्यटकीय स्थलहरुको व्यवस्थित विकासमा जोड ।
पूर्वी नपालकै खेलकुद शहरका रुपमा इटहरीलाई स्थापित गराउन पहिलो प्राथमिकतासँगै आवश्यक भौतिक पूर्वाधार निर्माणमा विशेष जोड ।
शिक्षाबाट कोही पनि बञ्जित हुन नपरोस भनेर उपमहानगरले यहाँका शिक्षण संस्थासँगैको सहकार्यमा सवैले अनिवार्य शिक्षा प्राप्तीको अवसर परियोजना सञ्चालनमा प्राथमिकता दिने ।
बालगृह जेष्ठ नागरिकगृह र धार्मिक तीर्थस्थलको ब्यवस्थापनसँगै त्यसको आवश्यकता पहिचान गरि इटहरीको हरेक वडामा बाल उद्यान र वद्धवृद्धाहरुको मनोरञ्जनस्थलको निर्माणमा विशेष ध्यान दिने । साथै विशेष उपचार कार्यक्रममा जोड ।
मौजुदा स्वास्थ्य संस्थाहरुको उचित प्रयोगका लागि व्यवस्थानमा ध्यान दिई सवैको पहुँचमा राख्ने ।
इटहरी उत्तरमा रहेको सेहेरा खोलाको दीर्घकालिन व्यवस्थापनका लागि वैज्ञानिक अध्ययनसँगै त्यहाँ बाढिले ल्याउने प्राकृतिक सम्पदाको उत्खनन विश्लेषण गरी सडक निर्माणमा उपयोगमा जोड दिने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ