arrow

शंकर र मनिषाले यसरी पोखे प्रेममा धोका पाउनुको पीडा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असार ७ बुधबार
manisha_news.jpg

काठमाडौं । पछिल्लो समय लोक गीतको बजार सन्तोषजनक नै छ । गीतले चर्चा कमाइरहेकै छन् । हालै मात्र लोकगीतको क्षेत्रमा एक मार्मीक गीत सार्वजनिक भएको छ ।

नवगायिका मनिषा शर्मा र शब्द शंकलक शंकर ढकालको मार्मिक गीत ‘भेट हुँदैन् होला ...’ युटुब मार्फत सार्वजनिक गरिएको हो । ढकालको लय, शब्द तथा स्वर रहेको गीतमा नवगायिका शर्माले स्वर दिएकी छन् । गीतमा माया, प्रेममा परेका जोडीहरु विछोडीनु पर्दाको पीडा पोखिएको छ ।

प्रेममा धोका खाएपछि घायल मायालु जोडीहरुको मन कति धुजा–धुजा हुन्छ  भन्ने गीतले दर्शाउन खोजेको छ । काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मिलन कार्कीले गरेका छन् ।  गीतले प्रारम्भिक रुपमा सुखद् प्रतिक्रिया पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ