arrow

चीनले सम्झायो 'वानवेल्ट वान रोड' सम्झौता, ८ अर्ब डलर लगानी चाँडै आउने 

logo
प्रकाशित २०७४ असार ७ बुधबार
nepal-china-flag.jpg.jpeg

काठमाडौं । चिनियाँ प्रतिनिधि मण्डलले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी चीन सरकारसँग भएको वानवेल्ट वान रोड परियोजनामा नेपालले गरेको हस्ताक्षरलाई स्मरण गराएको छ । बुधबार मन्त्रालयमा भएको भेटमा चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवाहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभ्स, क्रस बोडेर इकोनोमिक जोन जस्ता परियोजनाहरुको बारेमा चिनियाँ पक्षले सरकारलाई स्मरण गराएको महराको निजी सचिवालयले जनाएको छ । 

बैठकमा मन्त्री महराले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरुमा दुईपक्षबीच छलफल गरेर कार्यान्वयन गरिने प्रतिबद्ध व्यक्त गरे । भेटमा दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा समेत छलफल भएको थियो । साथै, दुईदेशबीच विगतमा भएका सम्झौताहरुलाई कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने विषयलाई पनि जोड दिईएको सचिवालयले जनाएको छ । 

८अर्ब डलर चाँडै नै आउने  
यस्तै, चिनियाँ प्रतिनिधिमण्डलले भेटका क्रममा चिनिँया उद्योगी व्यावसायीले गरेको प्रतिवद्धताअनुसारको ८ दशमलव ३ अर्व अमेरिकी डलर बराबरको लगानी चाँडै आउने विश्वास व्यक्त गरेका थिए । मन्त्री महराले पनि स्वतन्त्र व्यापार सम्झौता (एफटिए) सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि गर्न र निर्यात वृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले नेपाललाई चीनले दिएको ५१२ वटा वस्तुमा दिएको शून्य भन्सार महसुलका कारण पनि व्यापारमा मुलुकले फाइदा लिन सकेको बताए । मन्त्री महराले पर्यटन प्रवद्र्धनका लागि दुबै मुलुकबीच पहल गरेर अगाडि बढ्ने उल्लेख गरे । 

उनले वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै संविधानको कार्यान्वयनका शीलशीलामा पहिलो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन अगाडि बढ्ने क्रममा रहेको बताए । मन्त्री महराले सबै निर्वाचन तोकिएको समयमै सम्पन्न हुने विश्वास दिलाए । 

नेपाल एक चीनप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले आपसी, विश्वास समझदारी र पञ्चशीलको आधारमा अगाडि बढ्ने बताए । मन्त्री महराले परम्परागतरुपमा हुँदै आएको दुई देशबीको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्ने बताए ।उनले आफ्ना समकक्षी तथा चिनीया विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । 

जवाफमा प्रतिनिधि मण्डलका प्रमुख तथा सहायक विदेशमन्त्री क्वाङ सुयानयुले नेपालले ओबोरमा हस्तारक्षर गरेसँगै नेपाल–चीनबीचको सम्बन्ध नयाँ ‘फ्रेम’मा अगाडि बढेको भन्दै आपसी समझदारी, विश्वास र सद्भावका आधारमा सम्बन्ध अगाडि बढेको बताए । 

परामर्श संयन्त्रको बैठक फलदायी भएको बताउँदै उहाँले आउँदा दिनमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चुनौति रहेको विचार व्यक्त गरे । क्वाङले सम्झौता कायान्वयनमा आफ्ना सरकारी संयन्त्र परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ