arrow

काठमाडौं बस्नेहरुले दोस्रो चरणको चुनावमा भोटहाल्न विदा नपाउने 

logo
प्रकाशित २०७४ असार ७ बुधबार

काठमाडौं । निर्वाचन आयोगले केही दिन अघि दोस्रो चरणको निर्वाचनको लागि भनेर एक दिन सार्वजनिक विदा दिन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । चुनावको दिन सार्वजनिक विदा दिन निर्देशन दिएको आयोगले शैक्षिक संस्थाहरुलाई भने ४ दिन विदा दिनको लागि शिक्षा मन्त्रालयको नाममा निर्देशन दिएको छ।

तर, काठमाडौंमा बसेर काम गरिरहेका तथा पढिरहेकाहरुले भने भोटहाल्न जानकोलागि एक दिन पनि विदा नपाउने भएका छन् । किनभने निर्वाचनको दिन बैशाख ३१ मा नै काठमाडौंमा विदा गरिसकिएको छ । उनीहरुले यदी भोट आल्न जाने हो आफू कार्यरतत संस्थाको नियमानुसार विदा मागेर जानुपर्ने भएको छ । 

निर्वाचन आयुक्त नरेन्द्रप्रसाद दाहालले दोस्रो चरणको निर्वाचनमा सम्बन्धित प्रदेशहरुमा मात्रै ४ दिन शैक्षिक संस्थामात्रै र एक दिन सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरिएको जानकारी दिए । उनले निर्वाचन नभएका जिल्लाहरुमा विदा दिनु आवश्यक नरहेको भन्दै काठमाडौंमा बसोबास गरिरहेकाहरुले भोट हाल्न जानुपरे विदा लिएरै जानुपर्ने बताए । 

त्यस्तै, गृहमन्त्रालयका प्रवक्ता दिपक काफ्लेले पनि सम्बन्धित प्रदेशभित्र मात्रै निर्वाचनको दिन सार्वजनिक विदा दिईने प्रतिक्रिया दिए । उनले यस अघिको निर्वाचनमा पनि निर्वाचन भएका तीन प्रदेशमा मात्रै विदा दिईएको भन्दै यस पटक पनि निर्वाचन भएका तीन प्रदेशमा मात्रै विदा दिईने स्पष्ट पारे । 

अहिले सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका जिल्लाका मतदाताहरुलाई भोट हाल्न लैजाने उद्देश्यले भटाभट निशुल्क बससेवा दिँदै आएका छन् । भोट हाल्न जानेहरुमा पनि कम्तिको उत्साह छैन । तर, विदाका कारण भने भोट हाल्न जाने रहर भएकाहरु पनि धेरैले रहर पूरा गर्न नपाउने निश्चित देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ