arrow

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बनाउँदा समान मुआब्जा उपलब्ध गराउन काँग्रेसको माग

logo
प्रकाशित २०७४ असार ७ बुधबार
Goutam-Buddha-Airport.jpg

काठमाडौं।  गौतमबुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणका क्रममा अधिग्रहणमा परेका घरजग्गाको समान मुआब्जाकोलागि नेपाली काँग्रेसले पहल सुरु गरेको छ । मुआब्जा बितरणमा असमानता भएको स्थानीयले गुनासो गरेपछि नेपाली काँग्रेस सिद्धार्थनगरले पर्यटन मन्त्रालयमा लिखित पत्राचार गरेर समान मुआब्जाकालागि पहल सुरु गरेको नेपाली काँग्रेस सिद्धार्थनगरका सभापति दिलीप धितालले जानकारी दिएका छन्। नेपाली काँग्रेस सिद्धार्थनगर (भैरहवा) का मेयरका उम्मेदवार मातृकाप्रसाद यादव र उपमेयरकी उम्मेद्वार माधवी शर्मा वाग्लेसगं बुधवार बडा नं १० का स्थानीयले समान मुआब्जाकोलागि पहल गर्न आग्रह गरेका थिए । 

मुआब्जा बितरणमा भएको असमानता बारे सुरुमा मन्त्रालयमा निवेदन दिईएको र अव बिमानस्थल निमार्ण आयोजना र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत निवेदन दिने धितालले बताए। मेयर पदका उम्मेदवार यादवले समान मुआब्जा बितरणकोलागि पहल थालिएको जानकारी गराए। उनले एअरपोर्ट निर्माणमा विस्थापित परिवारलाई पुनस्थापनाको जग्गा अधिग्रहण गरिएको र सो क्षेत्रमा पूर्वाधार निर्माण गरि बस्ती बिकास गर्ने कार्यक्रम रहेको बताए।

प्रचारका क्रममा उनले अधिग्रहणमा परी विस्तापित घरपरिबारका सदस्यलाई शैक्षिक योग्यता अनुसार विमानस्थलमा रोजगारीकालागि पहल गर्ने समेत जानकारी दिएका छन्। उनले नगरपालिकामा बसेर पनि नगरपालिकामा बसेको अनुभुति गर्न नसकेका बडा १० र ११ का ग्रामीण बस्तिहरुको बिकास गरी शहरीकरण गरिने बताए। उपमेयर पदकी उम्मेदवार शर्मा वाग्लेले बडा नं १० मा रहेको सूर्यदेव निम्न माध्यमिक विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनार्ई गाउमै शिक्षाको अवसर प्रदान गरिने बताए।

घरदैलोमा नेपाली कांग्रेसका नगर सभापति दिलीप धिताल, सचिव सजीव शर्मा रेग्मी, नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य एवं नगर विकास समितिका अध्यक्ष सुरेन्द्रजगं थापा, ओमकुमार श्रेष्ठ, बिष्णु थापा, रामकिशन बिक, महाधिवेशन प्रतिनिधि गोपालमान राजभण्डारी, सिद्धार्थ उद्योग–बाणिज्य सघंका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, नेपाली बिद्यार्थी सघंका केन्द्रीय सदस्य लेखनाथ भट्ट, बडा नं १० का अध्यक्षका उम्मेदवार बिजयनाथ धवल, सदस्यहरु जनककुमारी कुँवर, मलहरि हरिजन, रामकेस कोइरी, सुरजप्रसाद बरही लगायतको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ