arrow

वैदेशिक रोजगारी बाध्यता कि रहर !

logo
दानबहादुर कार्की,
प्रकाशित २०७४ असार ८ बिहिबार
dan-bahadur-karki.jpg

कतार । वैदेशिक रोजगारी सुन्दा जति सरल छ विदेश जाने,  कमाउने र ल्याउने तर त्यही कुरा गर्न सयौं गुणा कठिन छ । 

विदेश हामीले सोचे जस्तो हुँदैन अनि छैन पनि । नीतिनियम मान्नेदेखि अनुशासनमा बस्ने वैदेशिक रोजगारका प्रमुख विषय हुन् । 

हाम्रो समाजको सोचाई पनि आफ्ना सन्तानलाई विदेशी भुमि टेकाउने ठुलो रहर हुन्छ । बुझेर या नबुझि बिदेशीने युवाहरूको लर्को दिनहु बड्दो छ ।

आफ्नो सुनौलो भविष्यको खोजिमा मिटो कल्पना र सपनाहरू लिएर कतारको यो रापिलो मरभुमिमा प्रवेश गर्ने नौजवानको सपना यो मरूभुमिको तापिलो घाममा सुक्ने गरेको छ । धेरैका सपनाहरू यो रेगिस्थानले निल्ने गरेको छ ।

नेपालको अर्थतन्त्र रेमिटेन्सको ठुलो योगदान छ । यसमा कुनै दुई मत छैन । वैदेशिक रोजगार विभागको पछिल्लो  २०७३ को तथ्यांक पल्टाउने हो भने पनि यहि देखिन्छ ।

कार्तिक महिनामा २७,९३३, मंसिर महिनामा ३०,७८६ र पुस महिनामा २७,९३३ जना कामको खोजिमा विदेसिए । यीमध्ये धेरै कतारमा तीन महिनामा २२ हजार ४ सय ५९ जना छन् । 

१९, १६२ जना मलेसिया, १७,८६५ जना साउदी र ११,८१५ जना दुबई गए ।

पछिल्लो तीन महिनालाई हेर्न हो भने पनि कतार नेपाली युवाको काम गर्ने प्रमुख गन्तव्य हो । 

९,७३८ जना कार्तिक महिनामा, ११ हजार ७ सय १६ मंसिर महिनामा र १० हजार पाँच जना पौष महिनामा गरी २२ हजार ४ सय ५९ जना कामको खोजिमा कतार भित्रिने गरेका छन् । 

२०२२ मा हुनगइरहेको विश्वकप फुटबलका लागि निर्माण भईरहेको लुसेल स्टेडियममा भेटिएका माछापुच्छ्रे गाउपालिका ५ रिभानका केशब गिरीको कथन छ ‘वैदेशिक रोजगार रहर होइन बाध्यता हो । देशमा बढिरहेको बेरोजगार, राजनितिक अस्थिरता बन्द हडतालजस्ता विभिन्न समस्याले गर्दा अन्तिम विकल्पको रुपमा लिने गरिन्छ ।’

४० महिना साउदी बिताएर फर्किएका गिरी अब विदेश जान्न नेपालमा नै केही गर्छु भन्ने योजनाले आफ्नो जन्मथलो फर्केका थिए । 

सामुदायिक स्कुलमा डेढ दशक निजि श्रोतबाट अध्यापन गराएका गिरी पुनः कामका लागि कतारमा आएको तीन वर्ष भयो । 

हामीसंग प्रकृतिले दिएको अथाह सम्पत्ति छ तर यसलाई उपयोग गर्ने योजना बनाउनेहरू सफल नहुँदा देशको युवा शक्ति पलायन हुनु परेको उनको ठम्याइ छ ।

‘कुनै व्यापार व्यवसाय गर्छु भन्दा हाम्रो समाजले ऋण दिन हिच्किचाउँछ । तर विदेश जान्छु भन्दा लाखौं रकम दिन तयार हुनेको भिड लाग्छ ।

‘केशब गिरी थप्छन्, ‘जब सम्म यो संस्कारको अन्य हुन सक्दैनन् तब सम्म सरकाले अनेकौं नाममा दिने २०–२५ हजारले युवालाई रोक्न सकिदैन ।’

दैनिक जीवन संचालन गर्न होस् या आफ्ना छोराछोरीलार्इ उचित शिक्षा दीक्षा दिन होस् या त उभिने जमिन होस् या टाउको लुकाउने छत निर्माणका लागि किन नहोस बिदेश नगई नहुने अवस्था छ आज पनि ।

महंगो शिक्षाले छोरा छोरीका लागि उच्च शिक्षा मनोकामना पूर्ण गर्न पनि बिदेशिनु पर्ने बाध्यता छ भने धेरै नौजवान युवा महंगो शिक्षा आर्जन गर्न नसक्दा पनि बिदेशीनु पर्ने बाध्यता छ । 

केशब गिरी यसका प्रतिनिधि पात्र पनि हुन् । ४८ डिग्रीको चर्को घामलाई वास्ता नगरी काममा तलिन गिरी पसिना पुछ्दै रापिलो घाम जस्तै आफ्नो मनको राप पोख्दै भन्छन् –‘मैले जस्तो दुःख मेरा छोरा छोरीले नपाउ भनेर यो चर्को घाममा सेकिएको छु ।’

वैदेशिक रोजगारमा निस्कने लाखौं युवाहरु विशेष गरी कतार आएकाहरूमध्ये केही औंलामा गन्न सकिने व्यक्तिहरुले राम्रो काम र त्यही अनुसारको सुबिधा पाएका होलान् तर धेरैलाई भाषा, ज्ञान, सीप नहुँदा थोरै पारिश्रमिकमा धेरै समय काम गर्नु पर्छ । वैदेशिक रोजगारीमा निस्कनु पूर्व कुनै न कुनै सीप सिक्नु अनिवार्य छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ