arrow

प्यूठानमा एमाले कार्यकर्ताको घृणित हर्कत, शिक्षकको हत्या प्रयास

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
pyuthan-teacher-uml-attack.jpg

प्यूठान । नेपाल शिक्षक संघ झिमरूक गाउँपालिका कमिटिका कोषाध्यक्ष तथा नेविसंघ प्यूठानका सचिव कल्याण बिक्रम केसीका बुबा प्रेमबहादुर केसीमाथि चक्क़ु प्रहार गरि हत्याको प्रयास भएको छ । 

बुधवार साँझ बिद्यालयबाट घरतर्फ जाँदै गर्दा केसीमाथि चक्कु प्रहार गरी हत्याको प्रयास भएको हो । 

ज्ञानज्योती प्रावि तुषारामा शिक्षण पेशामा संलग्न रहेका केसीमाथि नेकपा एमालेका कार्यकर्ताहरूले योजनाबद्ध हत्या प्रयास गरेको उनका छोरा तथा नेविसंघ प्यूठानका सचिव कल्याणविक्रम केसीले बताए ।

बिद्यालयबाट नै शिक्षक केसीको पछि लागेर योजनाबद्ध हत्या प्रयास भएको पारिवारिक स्रोतले जनाएको छ । 

एमालेका स्थानिय नेताको योजनामा एमाले कार्यकर्ता चेतबहादुर थापाको नेतृत्वमा उनिमाथि चक्कु प्रहार भएको हो । 

चक्कु प्रहारबाट गम्भीर घाईते भएका शिक्षक केसीको जिल्लामा उपचार सम्भव नभएपछि अहिले भैरहवामा उपचार जारि राखिएको छ। 

केसीमाथि टाउको तथा कानको बिच भागमा चक्कुले आक्राण गर्दा घटना स्थलमै ढलेका थिए ।

केसीको अबस्था अझै गम्भीर रहेको भैरहवाबाट उनका छोरा कल्याणले जानकारी दिए । 

स्थानिय तहको चुनाव आउदै गर्दा तुषारा क्षेत्रमा लोकप्रिय ब्यक्तिको रूपमा रहेका शिक्षक केसीको हत्या गरि स्थानिय स्तरमा चुनावि माहोल विगार्ने प्रयास भएको नेपाली काँग्रेस झिमरुक गाउँपालिकाका उम्मेदवार प्रमोद पोख्रेलले बताए ।

घटना लगत्तै स्थानिय कार्यकर्ताले खवर गर्दा आफू घटनास्थलमा जान पाएकाले मात्रै केसी र काँग्रेस कार्यकर्तालाई जोगाउन सकिएको पोख्रेलले बताए ।

तुषारामा शिक्षक केसीसंगै काँग्रेसका कार्यकर्तामाथि सामुहिक आक्रमणको योजना तयार भएकोसमेत काँग्रेसले जनाएको छ । 

तर घटना लगत्तै काँग्रेसका थप कार्यकर्ता जाँदा एमालेका कार्यकर्ता तथा स्थानिय गुन्डाहरू घटना स्थलबाट पछि हटेको बताइएको छ ।

उत्ता जिल्ला प्रहरी कार्यालयले प्यूठानले घटनाको बिषयमा स्थलगत जानकारि लिएपनि दोषिलाई हालसम्म पक्राउ गरेको छैन । 

अपराधिलाई राजनैतिक आडमा संरक्षण दिने प्रयास भएको स्थानियले बताएका छन् । 

त्यस्तै काग्रेस प्यूठान, नेविसंघ  र शिक्षक संघले शिक्षक केसीको हत्या प्रयास भएकोमा गम्भीर आपत्ति जनाउँदै अपराधिक कृयाकलापमा संलग्न ब्यक्तिलाई कारबाहीको माग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ