arrow

कन्फेडेरेशन कप फुटबलः रोनाल्डोको गोलले पोर्चुगल विजयी 

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
ronaldo-portugal.jpg

रुस । रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबलमा पोर्चुगलले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो ।

पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले खेलको ९ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । 

त्यसपछि गोलका लागि गरेका थुप्रै प्रयास खेर गए । यो जितसंगै पोर्चुगलले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । यसअघि न्युजिल्याण्डलाई हराएको रुसको पनि सम्भावना कायमै छ । 

अर्को खेलमा मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हरायो ।

मेक्सिकोलाई विजयी गराउन राउल जिमिनेज र ओरिबे पेराल्टाले एक एक गोल गरे । यो जितले मेक्सिकोको पनि सेमिफाइनल सम्भावना बलियो भएको छ । 

समुह ए बाट दुई खेलबाट पोर्चुगल र मेक्सिकोको ४–४ अंक छ भने तेस्रो स्थानको रुसको ३ अंक छ ।

अन्तिम खेलमा रुस र मेक्सिको तथा पोर्चुगल र न्युजिल्याण्ड खेलेपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । न्युजिल्याण्ड भने बाहिरिएको छ । 

कन्फेडेरेसन कप फुटबलमा बिहीबार राति समूह बी का दुबै खेल हुनेछन् । राति ८ः४५ बजे क्यामरुन र अष्ट्रेलिया तथा राति ११ः४५ बजेजर्मनी र चिली भिड्ने छन् ।

पहिलो खेलमा जर्मनीले अष्ट्रेलियालाई ३–२ ले तथा चिलीले क्यामरुनलाई २–० ले हराएको थियो । 

Cristiano Ronaldo celebrates after giving Portugal the lead in the eighth minute of the match

Ronaldo heads past Russia goalkeeper Igor Akinfeev and runs to celebrate his strike

Bernardo Silva (left) of Portugal and Yuri Zhirkov (right) of Russia fight for the ball

Pepe pleads with the referee after conceding a foul but is shown a yellow card for the tackle

Akinfeev makes a stunning save from a close-range header to keep the deficit to one goal

Ronaldo evades the tackle of Russia player Fedor Kudriashov as he searches for a second goal

Russia coach Stanislav Cherchesov and Portugal coach Fernando Santos after the match

A melee began at the end of the match when Diego Reyes pulled back Michael Boxall

Boxall then retaliated by putting in a studs-up challenge on Hector Herrera seconds later

All hell broke loose on the pitch as both sets of players collided while officials broke them up

Herrera goes head-to-head with Ryan Thomas of New Zealand as tempers fray late on in Sochi

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ