arrow

बर्दघाटलाई नमूना नगरपालिका बनाउँछौं: कांग्रेस मेयर उम्मेदवार पाठक

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
congress-flag.jpg

बर्दघाट । नवलसरासीको चुनावी माहौल तात्दै गर्दा नेपाली कांग्रेसका बर्दघाट नगरपालिकाका मयेर उम्मेदवार विश्वप्रेम पाठकले सो नगरपालिकालाई आर्थिक विकासमा नेपालकै नमूना बनाउने बताएका छन् ।  
बर्दघाट नगरपालिका वडा नं १ र १० मा भएको घरदैलो कार्यक्रम र चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले नगरलाई भौतिक पूर्वाधारले सम्पन्न, स्वच्छ, सफा, व्यवस्थित र आर्थिक विकासका आधारहरुले सम्पन्न बनाउने योजना र कार्यक्रमहरु सार्वजनिक गरे ।
नगरपालिकामा पर्याप्त सुरक्षा व्यवस्था, उद्योग, व्यापारिक, शैक्षिक तथा आर्थिक संस्थाहरुको स्थापना र कृषिको आधुनिकीकरण तथा व्यवसायिकरण जस्ता कार्यबाट समृद्ध र नमूना नगरपालिका बनाउने अठोट उनको छ । 
घरदैलो कार्यक्रममा उपमेयर रमिता चौधरी, नवलपरासी क्षेत्र न. ५ का सांसद विक्रम खनाल, नेपाली काँग्रेसका जिल्ला सदस्य कुलदीप आचार्य, बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, बर्दघाट वडा नम्बर १ र ७ का अध्यक्षका उम्मेद्वार देवबहादुर राना र धु्रव थारु लगायत वडा सदस्यका उम्मेद्वारहरु  पार्टीका महाधिवेशन र महासमितिका प्रतिनिधि, पार्टीका शुभेच्छुक तथा भातृ संस्थाका प्रतिनिधिहरु सहित कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ