arrow

गगन थापा भन्छन् – झुटको खेतीले समृद्धि असंभव

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
gagan.jpg

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले निर्वाचनका बेला उत्तेजना फैलाएर गरेको झुटको खेतीले मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । 

विर्तामोड नगरपालिका–९ स्थित सैनिकबजारमा आयोजित कार्यक्रममा उनले झुट बोलेर भोट नमाग्न उम्मेद्वारलाई सुझाव दिदै जनताको भविष्यसंग जोडिएको स्थानीय निकायको निर्वाचनमा कामको आधारमा जनताको मन जित्न आग्रह गरे ।
 
पार्टीको गतिविधि र उम्मेद्वार दुईवटा आधारमा मात्र जनताले मत हाल्ने बताउँदै थापाले त्यही आधारमा नेपाली कांग्रेस जनतासंग भोट माग्न आएको बताए ।

कार्यक्रममा बोल्दै थापाले केही राजनीतिक दलका नेताहरुमा मधेशमा गएर मधेशी जनता उचाल्ने र पहाडमा गएर तिनै मधेशी नेता तथा जनता विरुद्ध विष वमन गर्ने प्रबृत्ति देखिएको बताउँदै यसले देशलाई भलो नगर्ने तर्क राखे ।
 
देशकै राजनीतिमा मुख्य भूमिका निर्वाह गर्ने झापालाई सिङ्गो मुलुकले नै हेरिरहेको बताउँदै थापाले अधिकार सम्पन्न स्थानीय तहमा असल, सबल र सक्षम प्रतिनिधि छानेर सन्देश दिन आग्रह पनि गरे
 ।

कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, विर्तामोड नगरपालिकाका मेयरका उम्मेद्वार जलकुमार गुरुङ, उपमेयरकी उम्मेद्वार पार्वता गिरी, हर्कलाल गिरी लगायतले बोलेका थिए ।

नेपाली कांग्रेसले बुधवार पनि घरदैलो तथा कोणसभालाई निरन्तरता दिएको छ ।

स्थानीय निकाय चुनावी प्रचार अभियान अन्तरगत नगरले चुनाव प्रचार–प्रसार कार्यलाई तीब्रता दिएको हो ।

बुधवार विर्तामोडका वडा न। ३, ४ र ५मा घरदैलो र कोणसभा सम्पन्न भएको छ । 

कोणसभालाई मेयरका उम्मेद्वार जलकुमार गुरुङ, उपमेयरका उम्मेद्वार पार्वता गिरी, वडा नम्बर–५का वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्य, वडा नम्बर–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, वडा नम्बर–३ का वडाध्यक्ष भोजराज सिटौला, युवराज प्रसाई, मोहन ओली लगायतले संबोधन गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ