arrow

देवदहका वडावडामा पक्की सडकः कांग्रेस मेयर उम्मेद्वार   

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
davdha_pp_7.jpg

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार हिराबहादुर खत्रीले देवदहका सबै वडामा पक्की सडक निर्माण गरिने बताएका छन् । 

देवदह वडा नम्बर ६ मा भएको घरदैलो तथा भेटघाट कार्यक्रममा मेयरका उम्मेदवार खत्रीले पक्की सडकको अभावमा देवदहका बासिन्दाहरु हिउँदमा धुल्याम्मे र वर्षामा हिल्याम्मे सडकमा हिड्न बाध्य भएको उल्लेख गर्दै कांग्रेसले चुनाव जितेपछि सडकका कारण देवदहवासीले अव दुःख झेल्नु नपर्ने बताए ।

उनले देवदहको सूर्यपुरा र मक्रहर जोड्ने रोहिणी पुल यथाशीघ्र निर्माण गरिने बताए ।

कार्यक्रममा कांग्रेस माओवादी केन्द्रको तालमेलमा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी टिका गौतमले महिलाहरुलाई  सशक्त बनाएर विकासको गतिलाई  तीव्र बनाइने उल्लेख गरिन् । 

देवदहका २ र ३ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा काँग्रेस महासमिति सदस्य मणिप्रसाद शर्मा, जीवलाल पराजुली, जिल्ला सदस्य बासुदेव रिमाल, पूर्व जिल्ला सदस्य रुद्र पराजुली, भाष्कर ढकाल, पूर्व क्षेत्रीय सभापति जगत गिरी, नगर सचिव यमलाल भट्टराई लगायतले देवदहको विकास र समृद्ध देवदहका लागि काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिए ।

घरदैलो अभियानमा वडा नम्बर ६ मा वडा अध्यक्षका उम्मेदवार दामोदर क्षेत्री, वडानम्बर २ मा वडा अध्यक्षका उम्मेद्ववार खुनबहादुर गुरुङ्ग,  र वडा नम्बर ३ मा वडा अध्यक्षका उम्मेदवार थमबहादुर बुढाथोकी सहित वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ