arrow

प्रधानमन्त्री फेरिए कर्मचारी सङ्गठनको माग एउटै !

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
karmachari-new-FNL.jpg.jpeg

काठमाडौँ । जबजब स्थानीय तहमा कर्मचारी व्यवस्थापनको कुरा आउँछ तब कर्मचारीहरु प्रधानमन्त्री समक्ष केही बुँदे आफ्ना मागहरु राखिहाल्छन् । अहिले त उनीहरुलाई स्थानीय तहमा पठाउने कर्मचारीको एक तह बढुवा लगायतका माग गर्नेछन् । बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले  भेट गरी आफ्ना सोही मागहरु प्रस्तुत गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्नेलगायतका माग गरेका छन् । 

नेपाल निजामती कर्मचारी सङ्गठन, काठमाडौँ, नेपाल निजामती कर्मचारी युनियन ‍‍‍‌‍(सङ्घ), काठमाडौँ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, काठमाडौँलगायतका सङ्घ÷सङ्गठनले ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हालको पदको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने समेत माग गरेका छन् । 

सो अवसरमा प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनमा सरकार वा मन्त्रीभन्दा पनि सरकारी कर्मचारीको मुख्य भूमिका भएको हुँदा जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले कर्मचारीले राखेका जायज मागलाई आफूले सम्बोधन गर्ने बताएका थिए । यस अघिका प्रधानमन्त्रीसँग पनि कर्मचारीहरुले भेटेर यस्तै माग राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ