arrow

जनता एमालेलार्इ जिताउन आतुर छन् : पोख्रेल

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
shankar_pokhrel.jpg

तुलसीपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले एमालेको राष्ट्रवादी छविका कारण नेपाली जनताले साथ दिएको बताएका छन् । दुखी, गरीव जनताको भावनालाई वुझ्न सक्ने पाटी एमाले मात्रै भएको पनि उनले बताए । 

तुलसीपुर उप महानगरपालिका ११ कटाहामा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेता पोख्रेलले जनता एमालेलाई  जिताउन आतुर भएको समेत बताएका हुन् । वैकल्पिक केन्द्रीय सदस्य एवम सांसद भागवत विश्वासीले दलित र उत्पीडितका आवाजलाई एमालेले सधै समेटेको बताए । 

कार्यक्रममा तुलसीपुर उप महानगरपालिकाका मेयरका उम्मेदवार घनश्याम पाण्डेले ग्रामीण भेगमा सिचाइको सुविधा पुर्याएर कृषकहरुलाई पनि उद्यमी वनाउने तर्फ आफुले जनमुखी कार्यक्रमहरु ल्याउने बताए । उनले गाउँका जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि एम्वुलेन्स र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने समेत बताए । 

उपमेयरकी उम्मेदवार माया आचार्यले सीमान्तकृत जनताको पक्षमा एमालेले आवाज उठाउदै आएको बताईन् । वडा अध्यक्ष भागिराम चौधरीले आफुले गरेका प्रतिवद्धताहरुलाई पुरा गरेरे देखाउने बताए । होताराम वस्नतेको अध्यक्षतामा भएको कार्यक्रममा अनेमसंघकी केन्द्रीय सदस्य सुजिता शाक्य, सांसद अनारकली मिया, शोभाराम वस्नते, छविलाल वली, एमाले जिल्ला सचिव हिराचन्द्र केसी, लोकजंग शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ