arrow

पशुपालक कृषकलाई ३३ लाख ४० रुपैयाँ हजार अनुदान 

logo
बद्री नयाँघरे
प्रकाशित २०७४ असार ८ बिहिबार
gai-palan.jpeg

रामेछाप । जिल्ला पशु सेवा कार्यालय रामेछापले व्यवसायिक पशुपालनतर्फ उन्मुख जिल्लाका ४२ जना पशुपालक कृषकलाई ३३ लाख भन्दा बढी रकम अनुदान वितरण गरेको छ । कार्यालयले आज सदरमुकाम मन्थली स्थित कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रम, केन्द्रीय कार्यक्रम, युवा लक्षित बजार प्रबद्र्धन कार्यक्रम अन्तर्गत ३३ लाख ४० हजार रुपैयाँ अनुदानको रुपमा वितरण गरेको हो । 

कार्यालयले गाई भँैसीपालन गर्ने जिल्लाका १० जना किसानलाई रु.११ लाख ६० हजार, ५० वटा भन्दा बढी बाख्रापालन गर्ने ८ जना किसानलाई रु.१३ लाख,मासुका लागि १५ ओटा भन्दा बढि बंगुर र ५ ओटा माउ पालेका ६ जना किसानलाई रु ६ लाख रुपैयाँ अनुदान दिएको छ । 

त्यस्तै, १० रोपनी वा त्यो भन्दा बढि क्षेत्रफलमा हिउँदे जै घाँस खेती गरी घाँसमा आधारीत पशु पालन र घासको बिउँ उत्पादनमा आत्मनिर्भर तर्फ उन्मुख हुँदै गरेका ८ जना किसानलाई रु ४० हजार, अन्य ठाउँवाट उन्नत गाईभँैसी ल्याएका १० जना पशुकृषकहरुलाई ढुवानी स्वरुप रु २ लाख ४० हजार गरी कुल ३३ लाख ४० हजार अनुदान रकम वितरण गरिएको कार्यालयका पशु विकास अधिकृत डा. नारायण प्रसाद शर्माले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ