arrow

एउटै पदमा बाबु, छोरा र दाजुभाइको प्रतिस्पर्धा

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
Baitadi_District.png

बैतडी। यहाँका डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एउटै पदका लागि बाबु, छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् । डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । 

नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए। दुवै भाइले एकै पदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भोट हाल्नका लागि समस्या भएको छ । 

त्यस्तै पुरचौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष पदका लागि बाबु र छोराले पनि अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट नागी साउद (बाबु) र नेकपा माओवादी केन्द्रबाट उज्ज्वल साउद (छोरा)ले उम्मेदवारी दर्ता गराएका हुन् । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताए। बाबु र छोरा एउटै पदमा प्रतिस्पर्धा गर्ने भएपछि परिवारका अन्य सदस्यलाई कसलाई भोट दिइने भन्ने समस्या भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ