arrow

एनसेलले ल्यायो ‘इन्टरनेशनल कल प्याक’

२.५० प्रति मिनेटमा २० मुलुकमा कल गर्न सकिने

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
ncell-axiate-company-logo.jpeg

काठमाडौं । एनसेलले ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ ल्याएको छ । एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहित मात्र २.५० प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् ।

यहि शुक्रबार गते देखि लागु हुने यस कल प्याक योजना अन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित २५ रुपैयामा   १० मिनेट अन्र्तराष्ट्रिय टक टाइमबाट फाइदा लिन सक्ने कम्पनिले जनाएको छ । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् ।

सो योजना अन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् ।  त्यसैगरी ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी निर्देशन अनुसार वा अंग्रजी अंक १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।

“विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहन योगदान पुर्याउने यो इन्टरनेशनल कल प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौ,” एनसेलका संवाद विज्ञ मिलन शर्माले भने ।
 
प्याक अन्तर्गत अन्तर्राष्ट्रिय कलको लागि प्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कल गर्दा लाग्ने विद्यमान शुल्क लाग्नेछ । ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशका लागि लाग्ने कलको शुल्क हेर्न सक्छन् ।

उक्त इन्टरनेशनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुनेछ । यस प्याकको लागि पल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमको जानकारी लिनका लागि एस्ट्रिक्स १०१ ह्यास डायल गर्न सक्नेछन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ