arrow

आयरल्याण्ड र अफगानिस्तानले पाए टेष्ट क्रिकेटको मान्यता

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
SPORT.jpg

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आयरल्याण्ड र अफगानिस्तानलाई टेष्टको मान्यता दिएको छ । आइसीसीले आयरल्याण्ड र अफगानिस्तानलाई टेष्टको मान्यता दिएपछि टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको सूची बढेको छ । अब टेष्ट मान्यता प्राप्त शीर्षस्थ प्रतिस्पर्धी राष्ट्रकाे संख्या १२ भएकाे छ ।

पछिल्लाे समय बंगलादेशले सन् २००० मा टेष्ट क्रिकेटको मान्यता पाएको थियो । आयरल्याण्ड र अफगानिस्तानले अन्तर्राष्ट्रिय एक दिवसीय र टि–ट्वेन्टी क्रिकेटको मान्यता यसअघि नै पाएका थिए ।

यी दुई राष्ट्रले हालै भएका एक दिवसीय र टि–ट्वेन्टी क्रिकेटमा टेस्ट खेल्ने राष्ट्रविरुद्ध उल्लेखनीय सफलता हासिल गरेका थिए ।

आयरल्याण्ड आइसीसीको टि–ट्वेन्टी वरियतामा १२औँ नम्बरमा छ । जसले २०११ को विश्वकपमा इंग्ल्याण्डलाई हराएको थियो । अफगानिस्तान आइसीसीको टि–ट्वेन्टी वरियतामा १०औँ स्थानमा छ । अफगानिस्तानले हालैमात्र टि–ट्वेन्टी विश्वकप च्याम्पियन वेष्टइन्डिज विरुद्ध एक दिवसीय क्रिकेट खेलको थियो ।

सबैभन्दा पहिले अष्ट्रेलिया, इङ्गल्याण्ड र दक्षिण अफ्रिकाले एकै दिन १५ जुलाई सन् १९०९ मा अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको मान्यता पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ