arrow

निर्वाचन आयोगकै सचिवको सरुवा, मैनाली पुगे प्रधानमन्त्री कार्यालय

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
Gopi_Mainal-secretary.jpeg

काठमाडौं । सरकारले दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला निर्वाचन आयोगका सचिवको सरुवा गरिदिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका सचिव गोपीनाथ मैनालीलाई  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो । सरकारले आयोगलाई सजिलो पारेको भन्दै सरुवा गरेको बताइएको छ । । यस्तै, मैनालीसहित राजन खनाल र शिशिर ढुङगानाको पनि सरुवा भएको छ ।

अर्थ मन्त्रालयमा रहेका खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेका छन् । अख्तियारका सचिव पूर्णचन्द्र भट्टराई सेवानिवृत्त भएपछि पद खाली भएको थियो ।

क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा रहेका ढुङगाना अर्थ मन्त्रालय पुगेका छन् ।  निर्वाचन आयोगमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपाने कामु सचिवको रुपमा सरुवा भएका छन् । सरुवा बढुवा आचारसंहिता विपरीत हुने भनिएपनि सरकारले निर्वाचन आयोगकै सचिव सरुवा गरिदिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ