arrow

मोर्चाले आज निर्णय लिने

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Madheshi-Morcha-.jpg.jpeg
 
काठमाडौ । तीन दलको कार्यदलमा सहभागी हुने नहुने भन्ने बारेमा आन्दोलनरत मधेसी मोर्चाले मंगलबार (आज) निर्णय गर्ने भएको छ ।
 
मोर्चाको सोमबार बसेको बैठकमा सरकारले राखेको कार्यदलको प्रस्ताव छलफल भए पनि केही निर्णय भएको छैन। थप आन्तरिक छलफल र परामर्शपछि मंगलबार (आज)सम्म टुंगोमा पुग्ने निश्कर्षसहित बैठक टुंगिएको छ । 
 
एघारबुँदेमा सरकारबाट स्पष्ट अवधारणा नआउँदासम्म सरकारी कार्यदलमा बस्ने संभावना नरहेको बताउँदै तराई मधेस सद्‌भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले भने, 'यसबारेमा मंगलबार (आज) छलफल गरेर हामी निर्णय लिन्छौं।'
 
तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यलय विजुली बजारमा बसेको बैठकमा मोर्चाका नेताहरु महन्थ ठाकुर, हृदयेश त्रिपाठी, रामनरेश राय, राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए। तर राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका प्रतिनिधि भने बैठकमा सहभागी भएनन्।
 
मोर्चाको बैठकमा आइतबार सरकार र प्रमुख प्रतिपक्षीसँग भएको वार्ता र आन्दोलनको बारेमा समीक्षा तथा छलफल भएको थियो ।
 
आइतबार रातिको बालुवाटार वार्तामा प्रमुख तीन दलले एउटा कार्यदल बनाएर सहमति जुटाउन पहल गर्ने निर्णय गर्दै कार्यदलका लागि नाम उपलब्ध गराउन आग्रह गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ