arrow

सबैलाई मिलाउन सक्ने कांग्रेसलाई मत दिन आग्रह

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
19402642_1095437340589888_1431471120_o.jpg

नेपालगञ्ज । नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले स्थानीय तहको दोश्रो चरणको चुनावमा नेपाली काँगे्रसलाई जिताउन मतदातासंग आग्रह रेका छन् । 

नेपालगञ्ज–१ स्थित विशाल चौकमा आयोजित नेपाली काँगे्रसको प्रचार–प्रसार सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थानीले लोकतन्त्र र विकासको आधारस्तम्भ कांग्रेस नै हो भन्ने जनताको अपार विश्वासलाई विजयमा परिणत गर्नुपर्ने दायित्व काँग्रेसको काँधमा आएको बताए । 

स्थानीय तह निर्वाचनका लागि बाँके खटिएर आउनुभएका थानीले लोकतन्त्रको संस्थागत विकास गर्ने र आर्थिक विकास तथा समृद्धिका कार्यक्रम सञ्चालन गर्ने सवालमा काँगे्रसको प्रतिस्पर्धा कसैसँग नभएको जिकीर गर्दै कार्यकर्तालाई एकजुट भएर प्रचार प्रसारमा लाग्न अपील गरे । 

मधेशी, मुस्लिम, आदिवासी,जनजातिलाई मिलाएर लैजान सक्ने पार्टी काँगे्रस नै भएकाले सबैबाट मत आउने विश्वास उनले व्यक्त गरे । 

काँगे्रस केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनका लागि काँगे्रसको विजय अनिवार्य भएको बताए । 

अतिवादी सोंच भएका  व्यक्ति र पार्र्टीको राष्ट्र निर्माणम कुनै स्थान नभएको भन्दै उनले काँगे्रस शिवाय अरु पार्टीले निकास र विकास दिन नसक्ने जिकीर गरे । 

उपमहानगरपालिकाका मेयर उम्मेद्वार डा. सुरेश कनोडियाले नगरको विकासका लागि नै आफ्नो उम्मेदवारी भएकाले विजयी बनाउन मतदातालाई आहवान गरे ।

यस्तै उपमेयरकी उम्मेदवार उमा थापाले स्थानीय समस्याको समाधान र विकासका सम्बन्धमा जानकार भएकाले नेपालगञ्जको विकासको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मतदान गरी अत्यधिक मतले विजयी बनाउन आग्रह गरिन् ।  काँगे्रस सभापति किरण कोइरालाले काँगे्रसले नै सबैको हित गने भएकाले काँगे्रसका उम्मेद्वारलाई जिताउन अपिल गरे । 

कार्यक्रममा वडा अध्यक्ष उम्मेदवार सीता काफ्लेले महिलाले नि नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण देखाउन वडावासीलाई आग्रह गरिन् । 

कार्यक्रममा बाँकेका नेपाली कांग्रेसका सांसद, पुर्वसांसद, अग्रज नेता कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो । सभापछि उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका थिए । 

बिहिबार धम्वोझी, शिव मन्दिर र घरबारी टोलमा पनि सभा गरिएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ