arrow

बहिर्गमनपूर्व  इयूको  मुद्दामा छलफल हुनेःमे

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
terija_me.jpg

ब्रसेल्स । यूरोपेली महासङ्घ (इयू)बाट बर्हिगमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका इयूका जनताको अधिकारको सुरक्षाको प्रत्याभुत गरिने बेलायती प्रधानमन्त्री टेरिजा मेले बताएकी  छिन् । 

बिहीवार ब्रसेल्समा सञ्चारकर्मीसँग बोल्नुहुँदै उनले भनिन्, “ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायत बसोबास गर्दै आएका इयूका जनताले पूर्णरूपमा आफ्ना अधिकारको प्रयोग गर्न वातावरणको सिर्जना हुने गरी आफूले योजना ल्याउन लागिएको छ ।” यस विषयमा कोही चिन्तित हुनुपर्दैन । 

प्रधानमन्त्री मे इयूका नेताहरूसँगको दुई दिने बैठकमा बे्रक्जिटबारे छलफल गर्न ब्रसेल्स आएकी हुन् । 

यसैवीच जर्मन चान्सलर एन्गेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा इयूको भविष्यलाई प्राथमिकतामा राखेर मात्र अघि बढिने बताएकी छन् । बेलायती प्रधानमन्त्रीले ब्रसेल्समा ल्याउने भनिएको योजनाबारे आलोचना गर्दै उनले भनिन्, “मेरा लागि बेलायत बाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्वपूर्ण रहने छ । वार्तामा सहभागी हुन ब्रसेल्स पुगेपछि दिएको प्रतिक्रयामा इयूका प्रभावशाली नेता मर्केलले “बहिर्गमनभन्दा पहिले इयूको भविष्यसँग जोडिएका मुद्दामा छलफल हुने बताए । 

बे्रक्जिट फिर्ता हुनसक्नेः टस्क 

इयू नेता तथा बेलायती प्रधानमन्त्री मे वार्ताका लागि जुटेका समय इयू प्रमुख डोनाल्ड टस्कले भने रक गायक जोन लेननको ‘कल्पना’ को जस्तै बेलायत अझै इयू समूह राष्ट्रमा रहनसक्ने सङ्केत गरे  । 

“प्रक्रिया अझै पनि उल्टिने सम्भावना छ,” पोल्याण्डका पूर्व प्रधानमन्त्रीसमेत रहेका टस्कले आफ्ना केही बेलायती साथीहरूले ब्रेक्जिटबारे निर्णय उल्टिन सक्दैन भनी सोधेको प्रसङ्ग राखे । “यसो भन्दा तपाईहरू मलाई सपना देखेको भन्नुहोला तर म त्यो मात्र होइन ।” 

इयूको स्थापना असम्भव मानिएको सपनाबाटै सम्भवभएको प्रसङ्ग कोट्याउदै भने, “कसले जान्छ बे्रक्जिट इयूमा नै पनि रहनसक्छ ।” एएफ्पी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ