arrow

कारबम आक्रमणबाट मर्नेको सङ्ख्या चौतीस पुग्यो 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
Afganistan_Attack.jpg.jpeg

अफगानिस्तान। आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको छ ।

घटनामा परी अरु दर्जनौ घाइते भएको र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो । आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकाश तर्फ गएको थियो । रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि तालिवानी लडाकुहरुले भने देशव्यापी आक्रमणलाई तीव्रता दिएका छन् । 

रमजानको समापनको दिनका लागि किनमेल गर्न चाहिने पैसा लिनका लागि बैंकको अगाडी लाईनमा बसेका सर्वसाधारण र सरकारी जागिरेहरुको मृत्यु भएको बताइएको छ।“आज भएको कारबम आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएका र ५८ जना घाइते भएका छन्,” प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

सो बैंकमा सन् २०१४ पछिको यो तेस्रो आक्रमण हो । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीले गरेको छ । 

मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका सहितका आम नागरिक रहेका छन् । सरकारी प्रवक्ता आमार जवाकले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका  छन्। घटनास्थल लास्कार घा अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी हो एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ