arrow

ललितपुर महानगर बोर्डको निर्णय : पुल्चोकदेखि कुपण्डोलसम्म अब फ्लाई ओभर

प्रक्रिया समेत सुरु भयो 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
Flyover-bridge1.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरको पुल्चोकदेखि कुपण्डोलसम्म फ्लाई आभर ब्रिज निर्माण गर्नको लागि सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ । गत जेठ २२ गते नै बसेको बोर्ड बैठकले गरेको निर्णय कार्यान्वयनको चरणमा समेत प्रवेश गरिसकेको महानगरपालिकाले जनाएको छ । 

महानगरका प्रवक्ता रुद्र गौतमले यो निर्णय अनुरुप काम समेत अघि बढीसकेको बताए । पुल्चोकदेखि कुपण्डोलसम्मको ओभरहेडको लागि सम्भाव्यता अध्ययन गर्ने र सो को लागि आवश्यक सरकारी निकायहरुसँग पनि समन्वय गर्ने निर्णय भएको गौतमले जनाए । सो अनुरुप काठमाडौं महानगरपालिका र सडक विभागसँग समन्वय गर्ने काम पनि सुरु भईसकेको र यसका लागि इन्जिनियरको टोली पहिचान गर्ने काम समेत सुरु भईसकेको स्पष्ट पारे । 

स्थानीय जनप्रतिनिधिहरु आएपछि नयाँ नयाँ महत्वाकांक्षी योजनाहरु ल्याउने क्रममा ललितपुर महानगरपालिकाले भने यस्तो निर्णय गराएको हो । अब सम्बन्धित सरकारी निकायसँग समन्वय गरिसकेपछि महानगरको बोर्डले नै सम्भाव्यता अध्ययनको लागि प्राविधिक टोली चयन गर्नेछ । जसले कति उचाईसम्म फ्लाई ओभर बनाउन सकिन्छ, कति लगानीमा बनाउन सकिन्छ जस्ता प्राविधिक विषयबारे जानकारी दिएपछि मात्रै यसको काम अघि बढ्ने महानगरपालिकाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ