arrow

कांग्रेसले स्थानीय तहमा बहुमत ल्याउँदै: देउवा

'कांग्रेसलाई जिताए मात्र देशको विकास सम्भव'

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
deuba_at_kailali.jpg

कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन् ।

धनगढी बिमान स्थलमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेसप्रती जनलहर बढदै गएको समेत बताए ।

प्रधानमन्त्री देउवाले  स्थानिय तह निर्वाचन पछि देशले  बिकासको गती लिने र  स्थानिय चुनाबले सिहदरवारको अधिकार गाउँगाउँमा पुगेछि जनताहरुका धेरै समस्याहरु समाधान हुने समेत स्पस्ट पारे ।

प्रधानमन्त्री देउवाले पंचेश्वर र पश्चिम सेती जलबिद्युत जस्ता योजनाहरु  निर्माणका लागी पहल कदमी गर्ने समेत बताए।

केहि राजनितीक दलका नेताहरुले छिमेकि दुई देशको सम्वन्ध बिगार्ने गतीबिधी गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले छिमेकि दुई देशसंगको सम्वन्ध राम्रो राख्नु सक्नुनै देशको हितमा हुने समेत बताए । सानो आकारमा भएको मन्त्रिमण्डल चाडै बिस्तार हुने समेत प्रधानमन्त्री देउवाले स्पस्ट पारे ।

त्यसैगरी आजै धनगढीमा नेपाली कांग्रेस कैलालीले आयोजना गरेको चुनावी आमसभालाइ सम्वोधन गर्दै नेता देउवाले कांग्रेसलाई जिताए मात्र देशको विकास सम्भव हुने धारणा व्यक्त गरे । उनले धनगढी उप महानगर पालिकाको मेयर पदमा नृप वड र समुहलाइ जिताउन जनतालाइ आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ