arrow

जर्मन प्रविधीबाट निर्मित 'एसीसी ब्लक्स ‘ईटा’ नेपाली बजारमा 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
brix-meet.jpg

काठमाडौं। नेपालमा पहिलो पटक उत्पादन भएको एसीसी ब्लक्स बजारमा आएको छ। एरो ब्रिक्स कम्पनी प्रा.ली.ले उत्पादन गरेको ईटा अरु साधारण ईटा भन्दा बलियो, हलुको र कम मुल्य पर्ने कम्पनिले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले उद्घाटनका क्रममा भने ‘हालको ईटा भन्दा यो बलियो, हलुको हुनुका साथै सस्तो पर्दछ। यो माग बमोजिम बिभिन्न आकारमा उपलब्ध हुन्छ। ठुलो आकार प्रयोग गर्दा स्वभाविकरुपमा अन्य निर्माण सामाग्री (सिमेन्ट , बालुवा आदि) कम प्रयोग हुने भएकोले लागत कम लाग्छ।‘ 

एरो ब्रिक्स नेपालको पहिलो एएसी उत्पादन गर्ने कम्पनी हो। सन् २०१६मा स्थापित कम्पनीको उत्पादन केन्द्र चितवनमा अवस्थित छ।  बार्षिक ४५०-५०० घन मिटर उत्पादन क्षमता रहेको कारखानामा जर्मन प्रविधी प्रयोग गरेर उत्पादन गरिन्छ। नेपालमै कारखाना स्थापना गरेर ईट्टा उत्पादन शुर गरेको कम्पनीले चाँडै नै नेपाल भरि आफ्नो उत्पादन पुर्‍याउने लक्ष्य लिएको छ। ‘हाम्रो उत्पादनहरु आफ्नै ल्याबमा परिक्षण उतिर्ण गरे पश्चात बजारमा जाने हुनाले गुणस्तरमा कुनै संझौता नहुने जानकारी गराउँदछौं।‘ कार्यकारी निर्देशक सुभाष अधिकरीले जानकारी दिए। 

एएसी ब्लक्स वा ईट्टाको बिकास सन् १९२०मा युरोपको स्वेडेनमा भएको थियो। उक्त समयमा काठको माग बढ्दै गएपछि बिकल्पको रुपमा यो ईट्टाको बिकास भएको हो। एएसी ईट्टामा सबै प्राकृतिक कच्चा पदार्थ प्रयोग भएको हुन्छ। ९० बर्ष भन्दा बढी समयदेखि युरोपमा घर, कारखाना, ठूला बिल्डिङहरु बनाउनमा प्रयोग हुँदै आएको एएसी ब्लक्स मध्यपुर्वमा बिगत ४० बर्ष तथा अमेरिका एवं अष्ट्रेलियामा २५ वर्षदेखि प्रयोगमा आईरहेको छ। 

‘एएसी ब्लक्सले नेपालको निर्माण उद्योगमा नयाँ क्रान्ति ल्याउने बिश्वासका साथ हामी अगाडी आएका हौं। हाम्रो उत्पादनले नेपाली बजारमा आफ्नो गुणस्तरलाई कायम गर्दै उच्चस्तरका निर्माणहरुमा सहभागी हुने बिश्वास रहेको छ’ अधिकारीले जानकारी दिए। एएसी ब्लक्स बनाउन चुन, सिमेन्ट, बालुवा र अल्मुनियमको धुलो प्रयोग हुने गर्दछ। विश्वब्यापीरुपमा सस्तो, भरपर्दो र टिकाउ एवं हलुका भएका कारणले उच्च प्रयोग हुँदै आएको एएसी ब्लक्सलाई वातावरणीय हिसाबले पनि राम्रो मानिने गरिएको छ। 

‘अमेरिका, अष्ट्रेलिया र युरोपका कैयौं देशमा धेरै बर्ष अघिदेखि यो प्रविधिको उपयोग भईरहे पनि नेपालमा भने यो पहिलो प्रयोग हो। यस उद्योगको उत्पादनले गुणस्तर नेपाल सरकारको गुणस्तर तथा नापतौल विभागद्वारा परिक्षण पश्चात प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ। जस्तोसुकै परिस्थितीमा पनि गुणस्तरमा कमि आउन नदिने हामीले प्रतिज्ञा गरेका छौं’ कार्यकारी निर्देशक बाबुराजा रावलले जानकारी गराए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ