arrow

ग्रामीण सडकमा ज्यान जोगाउनै मुस्किल    

logo
बद्री नयाँघरे, 
प्रकाशित २०७४ असार ९ शुक्रबार
ramechhap_road_news.jpg

रामेछाप । समयमा नै पुनर्निर्माण हुन नसक्दा जिल्लाका अधिकांश ग्रामीण भेगका सडकहरु पैदलयात्रीहरुका लागि समस्याको विषय बनेका छन् । सडक धुलाम्मे भएपछि मानिसहरुलाई आवत जावतमा निक्कै समस्या हुन थालेको छ । स्थानीय नागरिकको सुविधाका लागि खनिएका कच्ची सडकहरुमा परेको खाल्डाखुल्डी र सवारीका साधन गुडदा, हावा चल्दा उड्ने धुलाले स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गरेको स्थानीय नागरिकहरुको गुनासो छ । 

सदरमुकाम मन्थलीहुँदै ग्रामिण भेगमासम्म पुग्ने सडकहरु धुलाम्मे मात्र नमएर अफ्ठेरो अवस्थामा पनि रहेका छन् । जसले गर्दा वर्षायामको आरम्भसँगै यात्रीहरुलाई समस्या हुने गरेको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेर वहादुर सुनुवारले बताए । उनका अनुसार हिउँदको समयमा बाटोको छेउछाउमा रहेका घरहरु धुलोका कारण नदेखिने गरी ढपक्कै छोपिने र बर्षाद लागेपछि हिलोले ती सडकहरुमा समस्या आउने गरेको उनको गुनासो छ । 

कच्ची सड्क ठाँउठाँउमा ढुङगा विच्छयाएर ग्राभेल गरिएपनि भत्केर ठूलाठूला खाडल बनेको यात्री लाल बहादुर कार्कीले बताए । उनले भने “ यो वाटोमा मानिसहरु मुस्किलले हिँड्ने गरेका छन् ,घुँडा सम्म धुलो आउँछ । धुलोको कारण रोडको खाल्टाखुल्टी देखिँदैन । धुलोका कारण वस्तिका नागरिकमात्र नभई सवारी साधन र सवारी चलाउने चालकसमेत समस्यामा पर्ने गरेका छन् । धुले सडकमा मोटरसाइकल लिएर यात्रा गर्नेहरु त झन बिरुप हुने गरेका छन् । कच्चि सडकमा पाइलैपिच्छे जस्तो खाल्डाखुल्डि भएपछि दुर्घटनाको जोखिम समेत बढेको छ । ”

धुलोका कारण सडक वरपर रहेको जमिनमा लगाएको बाली समेत मर्न थालेका छन् । बारीमा लगाएको सागपात लगाएतका तरकारीवाली सडकको धुलोले छोपिँदा उत्पादनमा निकै कमि आएको किसानहरु बताउछन् । बारीमा लगाएको तरकारी धुलोले बढ्नै नदिने र खेतवारी धुलोमय हुँदा अन्य अन्नबालीमा पनि असर पुगेको उनिहरुको गुनासो छ ।  वर्षौदेखि ग्रामिण भेगका नागरिकहरु धुलोबाट पिडित बनेपनि सम्वन्धित निकायले समस्या समाधानको लागी चासो नदिएको धुलोपिडितहरुको आरोप छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ