arrow

एमाले असली कम्युनिष्ट होइन : सांसद शिवाकोटी

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
congress-jhapa-charpane.jpg

विर्तामोड। नेपाली कांग्रेस क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद सुधिरकुमार शिवाकोटीले नेकपा एमाले असली कम्युनिष्ट नभएको बताएका छन्। 

विर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा आयोजित चुनावी सभामा बोल्दै पार्टीका पूर्व जिल्ला सभापति समेत रहेका शिवाकोटीले एमाले र माओवादी दुवैलाई कांग्रेसले संसदीय व्यवस्थामा ल्याएको टिप्पणी गर्दै शिवाकोटीले एमाले र माओवादी केन्द्र असली कम्युनिष्ट नभएको टिप्पणी गर्दै उनीहरुले कम्युनिष्टको खोलमात्र ओडेको तथा भाई कांग्रेस भएको बताए।

कार्यक्रममा बोल्दै सांसद शिवाकोटीले कार्यकाल नै पूरा नगरी माग्ने जनप्रतिनिधिलाई जिताए नगरपालिका भड्खालोमा पर्ने खतरा औल्याउँदै भोट खेर नफाल्न मतदाता समक्ष आग्रह गरे। संविधान जारी गर्न नेतृत्व गरेको कांग्रेसले नै आर्थिक समृद्धिको नेतृत्व गर्ने बताउँदै नगरपालिकाको समुचित विकासका लागि कांग्रेसका उम्मेद्वारलाई भोट दिएर सही नेतृत्व छान्न आग्रह गरे। कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय पार्टीको जमाना जफत हुन लागेको बताउँदै राप्रपालाई दल दर्ता हुनै संकट पर्ने उहाँको भनाई थियो।

कार्यक्रममा बोल्दै शिवाकोटीले अधिकार सम्पन्न नगरपालिकाले नै सुकुम्बासी तथा अस्थायी बसोबासको समस्या समाधान गर्न सक्ने बताउँदै नगरपालिकामा कांग्रेसको नेतृत्व आए वडा नम्बर–२ का बालुवाटारवासीको सुकुम्वासी समस्या समाधान हुने धारणा राख्दै नगर नगरवासीको विकास र हितका लागि सही निर्णय गर्न मतदातालाई स’झाउन’ भएको थियो।

कार्यक्रममा विर्तामोड नगरपालिकाका नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार जलकुमार गुरुङ, उपमेयरकी उम्मेद्वार पार्वता गिरी, हर्कलाल गिरी, युवराज प्रसाई र वडाध्यक्षका उम्मेद्वार प्रतिमान खड्काले मन्तव्य राख्नु भएको थियो। कांग्रेसले आज विर्तामोड–२ को बालुवाटार, त्रिशुली चोक, चारपाने चोक, लगायतका स्थानमा चुनवी कोणसभा सम्पन्न गरेको छ। 

आयोजित कोणसभामा मेयरका उम्मेद्वार जलकुमार गुरुङ, उपमेयरकी उम्मेद्वार पार्वता गिरी, सांसद अमृतलाल राजवंशी, प्रेमनारायण चौधरी, पशुपति राजवंशी, भिमाकुमारी मगर लगायतले बोलेका थिए। निर्वाचन नजिकिंदै गएसंगै पार्टी विर्तामोड नगरमा घरदैलो तथा कोणसभालाई तीब्र बनाएको नेपाली कांग्रेस विर्तामोड नगर चुनाव प्रचार–प्रसार समितिका संयोजक लक्ष्मण खड्काले जानकारी दिए।

त्यसैगरी २०४६ सालपछि राजनीति यात्रा शुरु गरेका बिर्तामोड निवासी ५७ वर्षीय  जलकुमार गुरुङ (जेके) झापावासीका लागि मात्र होइन देशी विदेशी सबैसामु परिचित नाम हो। बिर्तामोड नगरपालिका–४ स्थायी घर भएका उनी खेलप्रेमी व्यक्तित्व पनि हुन्। उनले खेलकुदका मध्ययमबाट झापालाई  चिनाए।

बिर्तामोड खानेपानी तथा सरसफाई समितिका अध्यक्ष समेत रहेका उनले सामाजिक संघ संस्थामा पनि रहेर पनि उत्तिकै योगदान पुर्‍याएका छन्। ‘जेके’ले जुन क्षेत्रमा हात हाले त्यो क्षेत्रलाई सफल बनाएर छाड्ने उनको अर्को बिशेषता छ। झापा जिल्ला फुटवल संघका अध्यक्ष समेत रहेका गुरुङ अहिले बिर्तामोड नगरपालिकाको मेयर पदका लागि  दावेदार भएर चुनावी दौंडमा छन्। उनले नेपाली कांग्रेसका तर्फबाट टिकट पाएर प्रमुख दावेदारको रुपमा मतदातासंग विभिन्न एजेण्डा लिएर मत माग्न घर घर हिँडिरहेका छन्। 
पार्टीको जिल्ला सदस्यको जिम्मेवारी वहन गरेका गुरुङले सामाजिक सुरक्षा, न्याय र विकासलाई एकैसाथ अघि बढाउने घोषणा सहित चुनावी मैदानमा छन्।

भ्रष्टाचाररहित नगरको परिकल्पना गरेका गुरुङ बेथितिको अन्त्य र अस्तव्यस्त बिर्तामोडलाई सहज व्यवस्थापन गर्दै अघि बढ्ने प्रणका साथ अघि बढेका छन्। मुलुककै नमूना र स्माट सिटी बनाउने नागरिकलाई छिटो छरितो र प्रभावकारी रुपमा सेवा प्रदान गर्ने, स्वास्थ्य शिक्षा जस्ता नैसर्गिक अधिकारको ग्यारेन्टीका लगि आफ्नो उम्मेदवारी रहेको शुत्र,वार बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा उनले बताए। उनले भने–म कुरा धेरै गर्दिन गरेर देखाउँछु , यो मेरो विशेषता हो।’भूमिहिन नागरिक मजदुर, पिछडिएको समुदायको उन्नति, उद्योगी व्यवसायीको सुरक्षा, कृषिको आधुनिकीकरण र युवालाई रोगजारी कसरी दिलाउनु पर्छ त्यो मैले बुझेको छु उनले भने–यहाँ युवा र महिला सशक्तिकरण तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाले पनि आत्म सम्मानका साथ वाच्न पाउने वाताबरण निर्माणका गरेरै छाड्छु ।’ मुलुकमा स्थायी शान्ति र आर्थिक समृद्धिका लागि पनि मेरो उममेदवारी हो गुरुङले भने–‘मुस्लिम, मधेशी, पछाडि पारेको वर्गको उत्थानमा मेरो विशेष भूमिका रहन्छ।

पत्रकार सम्मेलनमा सर्वसाधारणमा न्यायको पहुँच पुर्याउन आफू कटिबद्ध रहने र जनतालाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन लागीपर्ने उनले बताए। फराकिलो बाटा, ढलनिकास, खोलाको व्यवस्थापन, खानेपानी र सुकुम्बासी समस्याको समेत समाधानका लागि आफूले पहिलो प्राथमिकतामा राखेर नगरको विकास गर्ने गुरुङको भनाई छ। खेलकुदको विकासमा आफ्नो भूमिकाको मूल्यांकन आमनागरिकले गरिरहेको र नागरिकले आशा गरे अनुसारको काम गरेर देखाउने गुरुङले बताएका छन्। उनकै पहलमा झापामा गोल्डकप प्रतियोगिताको शुरुवात भएको हो। खेलकुदका विकासका लागि पूर्वाधार निर्माण गर्ने उनले बताए। यता उपमेयर पदकी उम्मेदवार पार्वता गिरी नेपाली कांग्रेसका तर्फबाट चुनावी दौडमा छिन्।

४२ वर्षीय गिरी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघ गाउँ सभापति हुँदै क्षेत्रीय सभापति र अहिले पार्टीको जिल्ला सदस्यका रुपमा कार्यरत् छिन्। २०४६ सालदेखि राजनीतिक यात्रा शुरु गरेकी उनले आफू बिर्तामोड नगरपालिकाको उपमेयर पदमा विजेता भएसँगै राजनीतिक क्षेत्रमा महिलाको पहुँच पुर्याउन लागीपर्ने र महिलाको हकअधिकारलाई सुनिश्चित गर्न आफू कटिबद्ध रहने बताइन्।

उनले बिर्तामोड नगरलाई दुर्घटनारहित नगर बनाउने, सिटीसफारी तथा टेम्पोलाई व्यवस्थित गरिने बताइन्। महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिने महिला सहायता केन्द्र स्थापना गर्ने, महिला स्वास्थ्य तथा आयमुलक कार्यक्रमहरु सञ्चालन गर्ने बताएकी छिन्। आफू एकल महिला भएकोले एकल महिलाहरुलाई सीपमुलक तथा आयमुलक तालिमहरु दिएर स्वरोजगार बनाउने विपन्न एकल महिलाका सन्तानहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने तथा महिला हिंसा अन्त्यका लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ