arrow

एमालेले यसरी गर्‍यो बृद्धबृद्धामाथि झुटको खेती 

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
CPN-UML-Flag.jpeg

काठमाडौ । दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमाले झुटको खेतिमा उत्रिएको छ नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल बनेपछि जनतामा राम्रो माहोल बनिरहेका बेला आफ्नो गढ ठानेको एमाले छटपटिन थालेको छ । 

वाणगंगा नगरपालिकामा एमालेले आफु वृद्धहरुको जेठो छोरो भएको भन्दै वृद्धहरुलाई सम्मान गर्ने भन्दै टिका र माला लगाइदिने र मिडियामा सबै एमाले प्रवेश गरे भनेर प्रचार गर्ने गरेको बृद्धबृद्धाहरुले नै आरोप लगाउने गरेका छन् । यसरी झुक्काउन थालेपछि वृद्धबृद्धाहरु आक्रोशित बन्दै आफ्नो नाम नछाप्नु आग्रह गर्ने गरेका छन् । एक बृद्धले भने-‘सम्मान गर्ने भनेर बोलाए, एकै छिन पछि त एफएमले एमालेमा प्रवेश गरे भनेर फुकेछ हामी ७० काटेका बृद्ध माथि यस्तो झुटो राजनीति गरेर के चुनाव जित्लान खै ?' 

संसदीय निर्वाचनमा एमालेका बलराम अधिकारीले जितेको क्षेत्र नम्बर १ को मुटु रहेको बाणगंगा नगरपालिकामा एमालेले ओली पक्षकी विमला घिमिरेलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा माधव नेपाल पक्षका चक्र खनाललाई उम्मेदवार बनाएको छ । उनीहरुबीच दुई पक्षको गुटको झगडा चुनाव प्रचारमा पनि देखिएको छ । आपसी द्वन्दका कारण एक पक्षले अर्को पक्षलाई हराउन खुलेरै लागेको देखिन्छ दिनभरीसँगै प्रचारमा हिड्छन भने रातभरी एक अर्कालाई भोट नदिनु भन्दै हिँड्ने गरेका छन् । यस्तो कार्यले एमालेका कार्यकर्ताहरु समेत निराश बन्न थालेका छन् । 

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट काँग्रेसका मंगलप्रसाद चौधरी मेयरमा र  माओवादी केन्द्रका टोपनारायण बेलबासे उपमेयरमा उम्मेदवार बनेका छन् ११ वडा रहेको बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच वडा तहमा नै गठबन्धन बनेको छ मनोयन दर्ता गर्दा देखिएको आम जनताको उपस्थितिबाट आत्तिएर बम बिष्फोट गाइएको गठबन्धनको आरोप रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ