arrow

भूकम्पपीडितलाइ राष्ट्र बैंकको सर्तैसर्त

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
bank-of-nepal-rasta-bank-602x400.jpg.jpeg
काठमाडौ । वैशाख १२ को शक्तिशाली भूकम्पबाट घरविहीन भएका पीडितलाई केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले पनि बेइमानी गरेको देखिएको छ ।
 
नागरिकमा खबर छ-भूकम्पलगत्तै घर भत्केका सर्वसाधारणलाई सहुलियत व्याजदर (२ प्रतिशत) मा वाणिज्य बैंकमार्फत घरकर्जा उपलब्ध गराउने आश्वासन बाँडेको राष्ट्र बैंकले झन्झटिलो सर्त–प्रक्रिया बनाएर पीडामाथि झन् सकस थपेको हो ।
 
 राष्ट्र बैंककै कार्यविधि पालना गर्न असम्भव हुँदा ऋण लिन चाहने पीडितका लागि यो घोषणा आकासको फलझै भएको छ । भूकम्प गएको साता नबित्दै राष्ट्र बैंकले पीडितलाई घर बनाउन गाउँमा १५ र सहरमा २५ लाख रुपैयाँसम्म २ प्रतिशत व्याजदरमा ऋण दिने घोषणा गरेको थियो । तर, यो घोषणा कार्यान्वयन भने भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ